पत्रकारीता तालिम सकियो

Read Time:3 Minute, 10 Second

देव पचभैया 

पाल्पा, साउन २३ – श्रीनगर एफएम प्रा.लि, तानसेन पाल्पाको  आयोजनामा भएको  आधारभुत पत्रकारीता एबं रेडियो उद्घोषण तालिम आईतवार सकिएको छ ।

तालिममा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दे समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख खेतबहादुर खत्रीले पत्रकारीतामा सैद्धान्तिक कुराले मात्रै प्रयाप्त नहुँने हुदा व्यवहारिक ज्ञानको पनि आवश्यक हुने बताउनुभयो । तलिममा सिकेका कुराहरु पत्रकारीतामा मात्रै भन्दा पनि जिवनै भरी काम लाग्ने भन्दै कार्यालय प्रमुख खत्रीले सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागी संग आग्रह गर्नुभयो ।

प्रा.लिका अध्यक्ष भीमसेन कार्कीले पत्रकारीताको शक्तिको सदुपयोग हुनुपर्नेमा जोड दिदै आम संचार क्षेत्रमा युवा पुस्ताको आर्कषण देखिनु सकारात्मक भएको बताउनुभयो । मिहिनेत र निरन्तरको परिश्रमले पत्रकारीता बाट स्वयम् व्यक्तिलाई पनि हित हुने भन्दै अध्यक्ष कार्कीले त्यसको सकारात्मक असर समाजलाई पनि पर्न जाने बताउनुभयो । हरेक बर्ष नया पत्रकार जन्माउने र तालिम बाट उत्पादन हुने उत्कृष्ट केहीलाई प्रा.लिमै राजगारको अवसर दिने कार्कीको भनाई थियो । तालिममा सहभागी विक्रम बारघरे र शर्मिला भण्डारीले छोटै समयमा पनि आफूहरुले धेरै कुराका जानकारी पाएको भन्दै  सिकेका कुरालाई व्यवहारमा उतार्न सधै तत्पर रहेने बताउनुभयो ।

यही साउन १५ गते देखि संचालन भएको तालिममा सहभागीलाई आईतबार प्रमाण पत्र दिइए पनि सहभागीका कार्यक्रम रेकर्ड र प्रत्यक्ष फिल्डमा पुगेर तयार पारिने रिपोर्ट, अन्र्तबार्ताहरु जस्ता ब्यबहारिक कक्षा भने अझै हप्ता दिन चल्ने प्रालिका स्टेशन म्यानेजर देब पचभैयाले जानकारी दिनुभयो ।

पाल्पा, गुल्मी, स्याङजा र पर्वतबाट सहभागि भएका प्रशिक्षार्थीहरुलाई कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, गोखरा पत्र दैनिकका पाल्पा संम्वाददाता एवं नवसंवाद साप्ताहिक पाल्पाका सम्पादक रेखीराम राना, श्रीनगर एफएमका स्टेशन म्यानेर देव पचभैया लगायतले प्रशिक्षण दिनु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %