दिल कुमार श्रेष्ठ
दोहा-कतार, अगष्ट ७ – एनआरएनए एनसीसी कतारको १७-१९ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावली प्रकाशन गर्दा सम्म २२९८ जना पंजीकृत सदस्यहरु प्रमाणित भएका छन् ।
स्रोतका अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहौल तात्दै गएको छ । गत १४ जुलाई २०१७ सम्म ३०५१ जना अनलाइन आवेदकहरुले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले २५८० जनाको नामावली छनौट भएका थिए l
विश्वव्यापी संजाल रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको पंजीकृत सदस्यता लिने सम्पूर्ण सदस्यहरुलाई एनसीसी कतारले हार्दिक आभार प्रकट गरेको छ । संघले भनेको छ आगामी दिनमा संचालन गर्ने गतिविधिहरुमा सकारात्मक तथा रचनात्मक सहभागिता जनाउन समेत अनुरोध गरेको छ ।
कार्यवाहक महासचिव तेज कटुवालले हामीलाई दिएको जानकारी अनुसार यसपाली एनसीसी कतारले जिल्ला र प्रादेशिक रुपमा वर्गिकरण गर्ने क्रममा विविध कारण देखाउदै नवलपरासी परासी जिल्लालाई प्रदेश न. ५ मा र रुकुम जिल्लालाई प्रदेश न. ६ मा समावेश गरिएको जानकारी दिए । सोहि प्रक्रियालाई आधार मान्दै एनसीसी कतारको कार्यसमिति चयन गर्ने बताए ।
संघको आसन्न राष्ट्रिय अधिवेशनका लागी सम्पूर्ण प्रकृया पुरा गर्ने क्रममा विशेष सहयोग गर्नु हुने, राय सुझाव दिनु हुने सबै अग्रज अभियन्ताहरुमा एनसीसी कतारले विशेष आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
विस्तृत विवरण सहित जानकारीका लागी तलको लिंकमा क्लिक गरी सुरक्षित रहेको छ ।https://qa.nrna.org/Portals/127/Final%20List_Published.pdf