गोविन्द घर्ती
साउन २१ । रुपन्देहीको देवदह–८, वंगालीमा रहेको मायादेवी अनाथ असहाय वालवालिका संरक्षण केन्द्रमा रहेका वालवालिकालाई सहयोग प्रदान गरेको छ ।
एम आर आर ग्रुप बुटवलले अनाथ वालवालिकालाई सहयोग प्रदान गरेको हो । एम आर आर गु्रपले प्रेम गीत टुको च्यारिटी शोबाट संकलन गरिएको रकमबाट अनाथ वालवालिकालाई सहयोग प्रदान गरेको हो । एम आर आर गु्रपले समाजमा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणको लागि कार्यगर्दै आएको छ । ग्रुपले १ थान दराज, ४ क्यून्टिल चामल, २ थान पंखा, १ थान टेवुल, तेल, दाल, दरी, लाईट, गरी करिव ५० हजार भन्दा बढि रकमको सामाग्री सहयोग गरेको गुप्रका सदस्य रवि रेग्मीले जानकारी दिनु भयो ।
उक्त सामाग्री एक कार्यक्रमका वीच मायादेवी अनाथ असहाय वालवालिका संरक्षण केन्द्रका अध्यक्ष अम्विका प्यासीलाई प्रदान गरिएको थियो । प्रदिप भट्टराईको देवदह–८, का वडा अध्यक्ष दण्डपाणी भट्टराई, स्थानीय शान्ति समिति देवदहका संयोजक मोतीलाल ढकाल, नेपाल रेडक्रस सोसाईटी देवदह शाखा सभापति गोपाल ढकाल, साना किसान कृषि सहकारीका अध्यक्ष टिका गौतम, रोटरी क्लव आफ देवदहका अध्यक्ष जयकिशन अधिकारी, वडा नं ७ का वडा सदस्य धु्रव खरेल, रामप्रसाद देवकोटा, डिल्लीराज ज्ञवाली, रवी रेग्मी लगायतले बोल्दै अनाथ वालवालिका संरक्षण केन्द्रको व्यवस्थापन सुधार गरेर जानुपर्ने भन्दै केन्द्रलाई स्थानीय निकायले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । युवराज पाण्डेको स्वागत र रोहित वाग्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
