मगर संघ माटेपानीको १९ औं बाल प्रोत्साहन सम्पन्न

Read Time:1 Minute, 39 Second

रूद्र श्रीसमगर

पोखरा, साउन १४ – नेपाल मगर संघ माटेपानी एकाइ समितिको १९ औं बाल प्रोत्साहन तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा पूजा थापामगर प्रथम र अमित थापामगर द्वितीय भए । साथै, सो अवसरमा २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण ११ जनालाई सम्मान गरिएको थियो । त्यस्तै, नर्सरी कक्षामा ९९.२० प्रतिशत अंक ल्याउने लिओन थापामगर, कक्षा २ मा ९५.५० प्रतिशत अंक ल्याउने अंशु सारूमगर र कक्षा ५ मा ८५.७० प्रतिशत अंक ल्याउने अमित आलेमगरलाई समेत सम्मान गरिएको थियो ।

युवा उद्यमी मनिष थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एकाइका सल्लाहकार ई. बमबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ माटेपानी एकाइ अध्यक्ष दुर्गा रानामगरले बोल्नुभएको थियो । नेपाल मगर संघ माटेपानी एकाइका अध्यक्ष चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर युवा संघ माटेपानी एकाइ अध्यक्ष राजु थापामगर र उपाध्यक्ष दुर्गा थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %