रूद्र श्रीसमगर
पोखरा, साउन १४ – नेपाल मगर संघ बुढीबजार एकाइ समितिले २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
शनिबार पोखरामा आयोजित सम्मान कार्यक्रममा भवन संरक्षक गणेश आलेमगरले मगर विद्यार्थीहरूलाई सम्मान गर्नुभयो । नेपाल मगर संघ बुढीबजार एकाइका अध्यक्ष क्या. पूर्णबहादुर पल्लीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम पल्लीमगर र उपाध्यक्ष भीमकुमारी सारूमगरले स्वागत गर्नुभएको थियो ।
