गोविन्द घर्ती
साउन १३ । भाषा, संस्कार र संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित हुने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले भाषा, संरुकार र संस्कृतिको संरक्षण गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । रुपन्देहीको देवदह–२, पेटवनियामा थारु कल्याणकारिणी सभा देवदहले आयोजना गरेको नागपञ्चमी विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सोही अवसरमा बोल्दै थारु कल्याणकारिणी सभा रुपन्देहीका उपाध्यक्ष सतिस चौधरीले थारुहरुको अधिकारको लागि सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले राज्यले थारुहरुको भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागि लगानी गर्नुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले देवदह क्षेत्रमा रहेका विभिन्न जातजातीको भाषा, संस्कार र संस्कृति संरक्षणको लागि देवदह नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले थारु जातीमा रहेको परम्परा सिपलाई व्यवसायीक बनाउन नगरपालिकाले सहयोग गर्ने बताउदै त्यसको लागि थारु कल्याणकारिणी सभाले पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
थारु कल्याणकारिणी सभा देवदहका अध्यक्ष निर्मलादेवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री दुर्योधनसिंह चौधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, थारु संग्राहलय संरक्षणका अनिरुद्र चौधरी, वडा अध्यक्षहरु प्दम थापा, दामोदर क्षेत्री, अमरबहादुर चौधरी, धर्मागत पाण्डे, आदिवासी जनजाति महासंघका अध्यक्ष बमबहादुर गुरुङ्ग, कुमाल सेवा समाजका कृष्ण कुमाल, सल्लाहकार लालबहादुर चौधरी, स्वास्थ्यकर्मी ईश्वरी ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा थारु जातीको झुम्रा गीत तथा नाच प्रस्तुत गरिएको थियो ।
उपाध्यक्ष चन्द्रिप्रसाद चौधरीको स्वागत र सचिव दिनेश चौधरी, अनु चौधरीको संचालनमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
