देवदह स्मृति वन वाटिकाको निर्माण कार्य तिव्ररुपमा अगाडि

Read Time:1 Minute, 58 Second

गोविन्द घर्ती
Image may contain: plant, tree, grass, outdoor and nature

साउन ६ । स्मृति सामुदायिक वन क्षेत्रमा निर्माण भईरहेको देवदह स्मृति वन वाटिकाको निर्माण कार्य तिव्ररुपमा अगाडि बढिरहेको छ ।

स्मृति सामदायिक वन उपभोक्ता समुहले देवदह नगरलाई पर्यटकीय नगरको विकास गर्नको लागि वनवाटिका निर्माण गर्न लागेको हो । देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण रहेको तर पर्यटकहरु घुम्ने तथा पिकनिक स्थलको अभाव रहेकोले सामुदायिक वनले वनवाटिका संगै पिकनिक स्थलको निर्माण गर्न लागेको हो । जिल्ला वन कार्यालय रुपन्देहीको ८ लाख र सामुदायिक वनको २ लाख र जिल्ला भूसंरक्षण कार्यालय ६० हजारको लागतमा देवदह स्मृति वनवाटिकाको निर्माण कार्य शुरु गरेको समुहका अध्यक्ष भरत गुरुङ्गले बताउनु भयो ।

वनवाटिकामा अहिले पानी पोखरी, पानीको मुहान संरक्षण, ३ वटा ट्रष्ट मध्ये २ वटा बनाईसकेको र शौचालय एवं चौताराको काम भईरहेको अध्यक्ष गुरुङ्गले बताउनु भयो । देवदह स्मृति वनवाटिकाको एक कार्यक्रमका वीच जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत रोमराज लामिछानेले शिलान्यास गर्नु भएको थियो । वनवाटिका निर्माण सम्पन्न भएपछि देवदह क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई भित्रयाउन सकिने भएकोले यो देवदह नगरवासीको गहनाको रुपमा रहेको अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %