गोविन्द घर्ती
साउन ६ । खोला नियन्त्रण संगै वस्ती संरक्षणको लागि बुद्धनगर सामुदायिक वन उपभोक्ता समुह देवदह–९, ले वृक्षारोपण कार्यलाई तिव्रता दिईरहेको छ ।
बुद्धनगर सामुदायिक वन उपभोक्ता समुहले खोलाले गाउमा रहेको खेलमैदानको जग्गा कटान गरेको र सो कटानबाट बस्तीलाई समेत असर गर्ने भएकोले जग्गाको संरक्षण गर्न वृक्षारोपण कार्यलाई तिव्रता दिएको समुहले जनाएको छ । वृक्षारोपणले खोलाले कटान गर्ने खेलमैदानको जग्गा संरक्षण गर्नुको साथै वस्तीको समेत संरक्षण हुने भएकोले सो क्षेत्रमा वृक्षारोपण गरेको समुहका अध्यक्ष जीवलाल रेग्मीले जानकारी दिनु भयो । सामुदायीक वन उपभोक्ता समुहले देवदह–९, मा रहेको बुद्धनगर खेलमैदान –विद्याटोल) को करिव ४ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको समुहका सचिव रुक्मागत काफ्लेले बताउनु भयो । उहाका अनुसार खेलमैदानको करिव ४ हेक्टर क्षेत्रफलमा ६ सय बास, ६ सय टिक लगाईएको बताउदै सो क्षेत्रमा करिव ११ हजार टिक लगाउने योजना रहेको बताउनु भयो ।
जिल्ला वन कार्यालय रुपन्देहीको सहयोग र बुद्धनगर सामुदायिक वनको लगानीमा वृक्षारोपण गरिएको खोला संरक्षण समितिका अध्यक्ष शसिधर ढकालले बताउनु भयो । खोलाले खेलमैदानको जग्गा कटान गर्न थालेपछि सामुदायिक वनको पहल र लगानीमा वृक्षारोपणको अवधारण ल्याएको सोही अनुसार काम अगाडि बढाईएको संरक्षण समितिका अध्यक्ष ढकालले बताउनु भयो ।
