संजय सिजालीमगर
काठमाण्डौं, साउन ६ – नेपाल मगर बिध्यार्थी संघ केन्द्रिय समिति द्धारा आयोजीत १८औं स्मृति सभा तथा अरुण स्मृति संगीत पुरस्कार बितरण समारोह एंव सम्मान कार्यक्रम प्रत्यक बर्षझै यस बर्ष पनि साउन ५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा संम्पन्न भएको छ ।
नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न यस स्मृति सभामा गितकार एंव नेपाली साहित्यिक क्षेत्रका सर्जक प्रचण्ड बहादुर बुढाथोकी मगरलाई अरुण स्मृति संगीत पुरस्कारबाट सम्मान गरेको छ ।
उहाको जन्म बि.स १९९९ चैत्र २८ गते बिहीबार अर्घाखाचीको खिदिममा पिता छविलाल बुढाथोकी मगर र माता तुलसा बुढाथोकी मगरको कोखबाट यस धर्तीमा पाइला टेक्नु भएर मगर समुदायको शिर उच्च पार्न सफल गितकार एंव साहित्यिक क्षेत्रका सर्जक प्रचण्ड बुढाथोकी मगर हुन् । उहाको पुख्र्यौली पेशा कृषी भएता पनि उहा चाही शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । उहाको हाल स्थायी बसोबास भने नवलपरासी जिल्ला माकर-२, चिसपानी हो ।
उहाको रचना कृतिहरु:-
(१) कविता लेख्ने रीति (छन्द) २०२१
(२) हाम्रो गितहरु २०५१
(३) जनताको जिवन गीत २०६६
४) पत्रपत्रिकाहरुमा कयों गीतहरु
(५) जनताका गीतमा फुटकर गीतहरु
(६) तीज एंव अन्य फुटकर गीत
(७)नया कदम किताबको सम्पादक
(८) नेपाली संस्कृतिक नालीबेली
(९) स्वारचित क्यासेट रातो रुमाल
(१०) रेडियो नेपाल, खर्साव, भारतमा गीत रेकर्ड स्वर गुन्जन
(११) उत्तर कोरिया रेडियो टि.भीमा स्वर गुञ्जन
(१२) फुलबारी क्यासेटमा गीत
(१३) नेपाली शुद्ध लेख्ने तरिका किताब २०६३
(१४) नेपालीको ढुकढुकी (तपाईको हातमा)
(१५) स्वदेश गान तयारीमा
(१६) छन्दबद्ध कविताहरु प्त्रिकाहरुमा प्रकाशन
(१७) तन्मयता जनसरोकारसित
(१८) जनगीतहरु प्रकाशनको पखाईमा
(१९) गजल झमेलाको झाडी भित्र आदि ।
मगर बिधार्थी संघले २०६० साल देखि बिभिन्न बृहत सांस्कृतिक कार्यक्रम मार्फत चन्दा संकलन गर्दै रु. पचास हजार (ने.रु ५०,०००) को अक्षकोष स्थापन गरि नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याउने एक मगर सृष्टलाई अरुण स्मृति संगीत प्रदना गर्दै आईरहेको छ ।
उक्त कार्यक्रममा बिशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगर, बिधार्थी संघका अध्यक्ष कमल थापा मगरको, अध्यक्षता र महासचिव हिमाल घर्ती मगरको संचालनमा भएको थियो ।{facebook}1335398169843041{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
१८औं अरुण स्मृति संगीत कार्यक्रमको फोटो झलक:.
