गोविन्द घर्ती
साउन ४ । सकारात्मक सोचले मात्र समाज परिवर्तन गर्न सकिने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।
उज्यालो लालल्टिन प्रतिष्ठानद्धारा देवदहको भवानीपुरमा आयोजित स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचिन प्रतिनिधिहरुलाई बधाई तथा अन्र्तक्रियात्यमक कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नगरप्रमुख खत्रीले देवदहको विकासको लागि सवै संग समन्वय गरी अगाडि बढ्ने बताउदै नागरिकले शुसासनको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न नगरपालिका लागि पर्नेमा जोड दिनु भयो ।
उहाले देवदहको प्रमुख समस्या भनेको अव्यस्थित बसोवास र सुकुम्वासी समस्या रहेकोले समाधान गर्न नगरपालिकाले विशेष पहल गर्ने दावी गर्नु भयो । उहाले फोहोरलाई व्यवस्थापन गर्न डम्पिङ्ग साईत नभई फोहोरलाई प्रशोधन गर्न देवदह नगरपालिकाले ठोस कदम चाल्ने बताउनु भयो । उहाले देवदहमा रहेको ऐतिहासिक स्थलहरुको उत्खनन् गरेर पर्यटकीय नगरको रुपमा विकास गर्न देवदह नगरपालिकाले गुरुयोजना निर्माण गरेर अगाडि बढ्ने बताउनु भयो ।
सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आफुहरु साझा प्रतिनिधिको रुपमा रहेर देवदहको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष राजीव सापकोटाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । यमुना गैरेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–४, का वडा अध्यक्ष दीपक चापागाई लगायतले बोल्नु भएको कार्यक्रमको डोलराज पराजुलीको संचालन गर्नु भएको थियो ।
