स्थानीय तहको निर्वाचन संगै रुपन्देहीको देवदह नगरकार्यपालिकाले पूर्णता पायो

Read Time:2 Minute, 19 Second

गोविन्द घर्ती
Image may contain: 13 people, people standing

साउन २ । स्थानीय तहको निर्वाचन संगै रुपन्देहीको देवदह नगरकार्यपालिकाले पूर्णता पाएको छ ।

संविधानमा निर्वाचनबाट निर्वाचित महिला सदस्यबाट ५ जना र अल्पसंख्यकबाट ३ जना कार्यपालिकामा निर्वाचनबाट लैजाने व्यवस्था अन्र्तगत निर्विरोध निर्वाचित भएपछि देवदह नगरकार्यपालिकाले पूर्णता पाएको हो ।

नेकपा एमालेले वाहेक अन्य राजनैतिक दलहरुले निर्वाचन प्रक्रियामा भाग नलिएपनि निर्विरोध चयन भएका हुन । निर्वाचितहरुलाई एक कार्यक्रमका वीच सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ । कार्यपालिकामा निर्वाचित महिलाबाट डुमकुमारी विक, रामदुलारी कवर, लक्ष्मी विक, विष्णु पाण्डे, शान्ता भट्टराई र अल्पसंख्यबाट बन्धु कुमाल, टेकबहादुर विक, मुराली चमार रहनु भएको छ । निर्वाचन अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षता र नवनिर्वाचित देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख खत्रीले समग्र देवदहको विकास र आमनागरिकको पक्षमा काम गर्न निर्वाचितहरुलाई आग्रह गर्नु भयो । उहाले कार्यपालिकाको नीति र निर्देशनलाई आत्मसाथ गर्दै सदैव जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनु भयो । त्यसैगरी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले समस्याको समाधान गर्दै ५ बर्ष भित्र देवदहलाई समृद्ध नगरपालिका निर्माण गर्न सम्पूर्ण सदस्यहरु ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %