नेपाल भूमिहिन तथा सुकुम्वासी संगठन देवदहले नगरप्रमुख लाई ज्ञापनपत्र बुझाए

Read Time:2 Minute, 41 Second

गोविन्द घर्ती
Image may contain: 1 person, sitting and indoor
साउन २ । नेपाल भूमिहिन तथा सुकुम्वासी संगठन देवदहले देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले विभिन्न प्रस्तावहरु राखी देवदह नगरपालिकाका नगरप्रमुख खत्रीलाई ज्ञापन पत्र बुझाएको हो । देवदह नगरपालिकामा विशेष गरी अव्यस्थित बसोवास र सुकुम्वासी समस्यालाई नगरपालिकाले तत्काल काम गर्नु पर्ने भन्दै ज्ञापनपत्र बुझाएको संगठनले जनाएको छ । भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका साथै सम्पूर्ण जोताहा किसानलाई भागचलनको आधारमा विनाशर्त जमिनको स्वामित्व प्रदान गर्नुपर्ने, भूमिहिन सुकुम्वासीहरुलाई रोजगारको ग्यारेन्टी सहित सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, सुकुम्वासीलाई शिक्षा, स्वास्थ्य, रोजगार क्षेत्रमा आरक्षण गर्नुपर्नेमा माग रहेको छ ।

संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले आफुहरुको पहिलो एजेण्डा देवदह क्षेत्रमा रहेको अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने रहेको बताउदै नगरपालिकाले सुकुम्वासी समस्या समाधानको लागि पहल गर्ने बताउनु भयो । उहाले नगरपालिकालाई प्रदान गरेको कानुनलाई टेक्दै ऐन नियम र कार्यविधि निर्माण गरी सुकुम्वासी समस्याको समाधान गर्न आफु र नगरपालिका लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाले देवदह नगरपालिकाले पहिलो चरणमा देवदहमा रहेको अव्यस्थित बसोवासको लगत तयार गर्न वडा कार्यालयलाई निर्देशन गरिसकेको जानकारी दिदै अव्यस्थित बसोवास र सुकुम्वासी समस्या समाधान गर्न सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो । संगठनका केनिद्रय सचिव सिद्धिचरण भट्टराई, जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा संगठनका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %