गोविन्द घर्ती
साउन २ । अपाङ्ग सेवा समाज देवदहले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गरेको छ ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, वडा अध्यक्षहरु झिल्लुप्रसाद न्यौपाने, दामोदर क्षेत्री, पदम थापा, डण्डपाणी भट्टराई, केशव भट्टराई, यकबहादुर सुनारलाई एक कार्यक्रमका वीच बधाई तथा सम्मान गरेको हो । सो अवसरमा बोल्दै नगरप्रमुख हिराबहादुर खत्रीले राज्यले अपाङ्गहरुलाई बगीकरण गर्न नहुने बताउनु भयो । उहाले अपाङ्गको हकमा सदैव आफु र नगरपालिका लाग्ने बताउदै अपाङ्गमैत्री नगरपालिका निर्माण गर्न देवदह नगरपालिका लाग्ने बताउनु भयो ।
नगरप्रमुख खत्रीले अपाङ्गहरुलाई आत्मनिर्भर बनाउन देवदह नगरपालिकाले विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । अपाङ्ग सेवा समाज देवदहका उपाध्यक्ष खैसरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, समाजका सल्लाहकार वालकुमार श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
सहसचिव धर्म सापकोटाको स्वागत र सचिव बलराम चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
