लायन्स क्लव अफ देवदहको पद हस्तान्तरण तथा बधाई कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 17 Second

गोविन्द घर्ती

असार ३१ । लायन्स क्लव अफ देवदहको पद हस्तान्तरण तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

बर्ष २०१७१८ का अध्यक्षलाई पद हस्तान्तरण तथा नवनिर्वाचित देवदह नगरपालिकाका पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बर्ष २०१६/०१७ का अध्यक्ष विष्णुप्रसाद पौडेलले बर्ष २०१७/१८ का अध्यक्ष ऋषिराम सापकोटालाई पद हस्तान्तरण गर्नु भएको थियो ।

लायन्स क्लव अफ देवदहको साधारणसभाले अध्यक्षमा ऋषिराम सापकोटा, प्रथम उपाध्यक्षमा गुमानसिंह कुवर, द्धितिय उपाध्यक्षमा विद्यालक्ष्मी गुरुङ्ग, तृतिय उपाध्यक्षमा रामबहादुर गुरुङ्ग, सचिवमा विनोद थापा, सहसचिवमा सुरेन्द्र चौधरी, कोषाध्यक्षमा सुरज खरेल, सहकोषाध्यक्षमा विष्णु ज्ञवाली रहनु भएको छ ।

कार्यक्रममा डिस्ट्रीक गभनर महेन्द्रनारायण श्रेष्ठ, देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, महेन्द्रनारायण ध्वजु लगायतले बोल्दै लायन्स क्लव निस्वार्थ भावना राखेर समाज सेवा गर्ने संस्था भएकोले समाज विकासमा सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । सोही अवसरमा भर्खर सम्पन्न स्थानीय तहको निर्वाचिनमा निर्वाचित पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी सोही अवसरमा क्लवमा रहेर संस्थाको हितमा काम गरेवापत विद्यालक्ष्मी गुरुङ्ग, रामबहादुर गुरुङ्ग र विष्णु ज्ञवालीलाई सम्मान गरिएको थियो । विनोद थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %