नेपाल मगर संघ देवदह नगर समितिद्धारा नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गर्यो

Read Time:2 Minute, 7 Second

गोविन्द घर्ती

Image may contain: 6 people, people sitting

असार ३१ । नेपाल मगर संघ देवदह नगर समितिद्धारा नवनिर्वाचित देवदह नगरपालिकाका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकामा नवनिर्वाचित मगर प्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षता र संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै संघका केन्द्रिय उपाध्यक्ष विरकट्टाले नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई बधाई दिदै मगर संघले उठाएका मुद्दालाई समेत ख्याल गर्न आग्रह गर्नु भयो । उहाले मगर संघले मगर स्वायत्त क्षेत्रको मुद्दा उठाईरहेको अवस्थामा नगरपालिकामा प्रतिनिधित्व गर्ने मगरहरुले मगरका हक र अधिकारका वारेमा विशेष जोड दिनुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह–७, का वडा अध्यक्ष पद थापामगरले मगरहरुको अधिकार स्थापित गर्न आफुहरुले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल मगर संघका जिल्ला सहसचिव विनोद थापामगर, संघका सल्लाहकार दलबहादुर पाईजा, यमबहादुर आले लगायतले आ–आफना भनाई राख्नु भएको थियो । संघका उपाध्यक्ष शोभाकुमारी थापाको स्वागत र सचिव जसु पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %