नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

Read Time:2 Minute, 13 Second

गोविन्द घर्ती

असार २९ । जनप्रतिनिधि र कर्मचारीहरु वीचको सहकार्यले मात्र नगरको विकास गर्न सकिने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले देवदह नगरपालिकालाई उत्कृष्ट नगरपालिका निर्माणको लागि जननिर्वाचित प्रतिनिधि र कर्मचारीहरु एक आपसमा मिल्नुको कुनै विकल्प नभएकोमा जोड दिएका थिए । नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले समृद्ध नगर निर्माणको लागि कर्मचारीहरुको सहयोग आवश्यक रहेको औल्याउदै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिका अध्यक्ष मित्रबहादुर थापाको अध्यक्षता र नवनिर्वाचित देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु रमेश भूषाल, धर्मागत पाण्डे, दीपक चापागाई, झिल्लुप्रसाद न्यौपाने, दमोदर क्षेत्री, पदम थापा, डण्डपाणी भट्टराई, केशव भट्टराई, यकबहादुर विक, अमरबहादुर विक, महिला सदस्य सरस्वती पोखरेल, विष्णु पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिका उपाध्यक्ष नारायण काफ्लेको स्वागत र सृजना वलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %