देव पचभैयामगर
पाल्पा, असार २९ – तानसेनमा नेतृत्व बिकास सम्बन्धी तालिम भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाको आयोजना र आदिवासी जनजाति जिल्ला समन्वय समिति पाल्पाको व्यवस्थापनमा तीन दिने सशक्तिकरणका लागि नेतृत्व निकास तालिम बुधबार सम्पन्न भएको हो ।
७५ बढीको सहभागिता रहेको तालिममा आदिवासि जनजातिका अधिकार, नेतृत्वको विकास, नेतृत्व कसरी लिने, क्षमता विकास लगायतका बारेमा सिकाइएको थियो । सोमबार देखि सुरु भएको तालिममा आदिवासी जनजाती जिल्ला समन्वय समिति पाल्पाका संगठन विभाग प्रमुख भोगबहादुर थापा र भूपू सैनिक तथा प्रहरी संगठन पाल्पाका संयोजक जहर सिं सारु मगरले सहजिकरण गर्नुभएको थियो ।
