युएईमा ससफोको दोस्रो पार्टी एकीकरण दिवस ऐतिहासिक रुपमा सम्पन्न/एमालेका दर्जनौं कार्यकर्ता फोरममा प्रवेश

Read Time:8 Minute, 7 Second

तेज राई
Image may contain: 7 people, people standing and crowd

युएई, जुलाई ९ – संघीय समाजवादी फोरम, नेपालको प्रवास संगठन “नेपाली संघीय समाज युएई” ले गत ३० जुन २०१७ का दिन मलायली समाजमको हल मुसाफा आबुधाबीमा आफ्नो मूल पार्टीको एकता दिवस ऐतिहासिक रुपमा सम्पन्न गरेको छ ।

२ वर्ष अघि जून १५ को दिन तत्कालिन खस समावेशी राष्ट्रिय पार्टी,नेपाल, संघीय समाजवादी पार्टी, नेपाल र मधेशी जनाधिकार फोरम, नेपालको बिचमा एकीकरण भई नयाँ पार्टी “संघीय समाजवादी फोरम, नेपाल गठन भएको थियो । हाल उक्त पार्टी दोश्रो स्थानीय निर्वाचनको परिणाम आउंदै गर्दा नेपाल कै चौथो पार्टीको रुपमा स्थापित भई सकेकोछ ।

“दोश्रो पार्टी एकता दिवस तथा सुमधुर  सांस्कृतिक धमाका युएई – २०१७” नामाकरण गरी सम्पन्न गरिएको उक्त कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय अध्यक्ष हरी बहादुर घर्तिमगरले गर्नु भएको थियो भने प्रमुख अथितिको रुपमा भुपु मन्त्री, फोरमका वरिष्ठ नेता तथा संसदीय दलको नेता माननीय अशोक राई रहनु भएको थियो । त्यसै गरी विशिष्ट अथिति युएईको लागी नेपाली कार्यबहाक राजदुत नेत्र बहादुर टन्डन,फोरमकी केन्द्रीय सदस्य एवं प्रखर पहिचानवादी नेत्री लिला सिटौला रहनु भएको कार्यक्रममा, युएई मै रहनु हुने फोरम केन्द्रीय परिषद सदस्य डेर राज गुरुङ, अतिथि कलाकारहरुमा क्रमशः वरिष्ठ गायक तथा संगीतकार आनन्द राई, वरिष्ठ पहिचानवादी गायक राजन राई, लोकप्रिय गायक एवं गायिका विश्व नेपाली र सुजाता उपाध्याय, प्रख्यात समाजसेवी, ३६ असाहय बालबालिकाहरुको आमा भनेर चिनिनु हुने डान्सर जुनु पुनमगर, मिस नेपालका कलेज दिवा फर्स्ट रनर अप डान्सर पुजा चौधरी, नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र युएई स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

Image may contain: 23 people, people standing

समाजका महासचिव तेज राईको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य समाज, अन्तर्गतका नेपाली संघीय महिला समाज युएईका प्रमुख शुशी पुलामी मगरले गर्नु भएको थियो भने, सास्कृतिक कार्यक्रम कार्यक्रमको थालनी देशप्रेमी गित गाएर कार्यक्रम संयोजक दिपराज नियोंग हांग लिम्बुले गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेले सामाजिक, राजनैतिक र आर्थिक सवालमा सारा नेपालीलाई धोका दिएको, नश्लिल राज्यसत्ता निरंतरताको निम्ती, आम नेपाली दाजुभाई विचमा भिडन्त गराएर सत्तामा पुग्ने रणनीति अक्तियार गरेको आरोप लगाउदै, ६ दर्जन एमाले कार्यकर्ता एमालेछाडी फोरममा प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई बधाई तथा पार्टी एकीकरण दिवसको शुभकामना मन्तव्य दिदै, प्रमुख अथिति राईले संघीय समाजवादी फोरम नेपालको मुद्धा  विरोधीहरुले प्रचार गरे जस्तो कुनै निश्चित जाती, वर्ण, समुदायको विरुद्ध नभएर न्याय र समानताको पक्षमा उठाईएको मुद्धा हो भन्ने बिचार व्यक्त गर्नु भएको थियो ।

बिचार ब्यक्त गर्ने र सांगीतिक धमाका मिसिएको कोक्टेल कार्यक्रम गरी सबैखाले नेपालीहरुलाई समेट्ने काम प्रशंशनिय रहेको बताउनु भएको थियो । जुन देशमा बसिन्छ त्यो देशको स्थानीय नियम कानुन अन्तर्गत रहन आग्रह गर्दै नेपालीहरुबाट कुनै गल्ति कमजोरी भएको खण्डमा अविभावकको रुपमा रहेको राजदुतावासले सच्याई दिने र सहि बाटोमा लाग्न सहयोग गर्ने आशा प्रकट गर्नु भएको थियो ।

त्यसै गरी आफ्नो विचार व्यक्त गर्दै केन्द्रीय सदस्य एवं कार्यक्रमकि विशिष्ट अतिथि सिटौलाले नेपालमा एक निश्चित जाति वर्गले मात्रै वर्षौ सम्म शासन  सत्ता कब्जा गरेर बसेको र यो देश कंगाल हुन पुगेको चर्चा गर्दै, राज्यवाट सबैलाई समान ब्यबहार हुनु पर्छ र सबै प्रति न्याय पूर्ण ब्यबहार गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न संघिय समाजवादी फोरम नेपाल पुराना पार्टीहरुले लिएको बिचारको बैकल्पिक बिचार बोकेर गठन भएको जानकारी गराउनु भएको थियो ।

स्थानीय कलाकारहरु र नेपालवाट आउनुभएका अतिथि कलाकारहरुको बेजोड सुमधुर सांगीतिक प्रस्तुतिहरु पस्कदै सम्पन्न गरिएको उक्त कार्यक्रममा आनन्द राईको युएईमा प्रत्यक्ष साङ्गितिक प्रस्तुति, विश्व नेपालीको मिठो सार्है मिठो भन्ने गित, जुनु पुनको संधै लड्यौं अरुको लागी भन्ने नृत्य र बहुप्रतिक्षित राजन राईको कान थापेर सुनी देउ बहिनि गितमा दर्शक श्रोताहरुले भरपुर मनोरन्जक लिई रहेको महशुस हुन्थ्यो ।

कार्यक्रममा जुनु पुनमगर द्धारा पालन पोषण गर्दै आईएको असाहय बालबालीकाको निम्ति संकलित लगभग ६० हजार नेपाली रुपयाँ पनि सहभागीहरुले जम्मा गरी पुनलाई हस्तान्तरण गरेका थिए ।

अन्तमा कार्यक्रमको समापन भएको घोषणा गर्दै, कार्यक्रम सभापति तथा समाजका अध्यक्ष हरि  बहादुर घर्तिमगरले युएईमा कुनैपनी राजनैतिक पार्टीको भात्रीसंस्थाले यति ठूलो कार्यक्रम गरेको यो पहिलो पटक भएको जिकिर गर्दै, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने, सबै ब्याक्ति तथा संघ संस्थाहरुलाई धन्यबाद दिनुभएको थियो ।

Image may contain: 7 people, people on stage, people standing, suit and indoor

धन्यवादकै क्रममा अध्यक्ष घर्तिमगरले, सवै जाती, वर्ग, क्षेत्र र लिंगको पहिचान, पहुँच र प्रतिनिधित्वको निम्ति सङ्घिय समाजवादी फोरम नेपाल अग्रपंक्तिमा लडी रहेको स्पष्ट पार्दै, युएईमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई पनि आफ्नो आत्मासम्मान, स्वाभिमान र अस्तित्व रक्षाको निम्ति फोरमको प्रवास स्थित भात्रीसंस्था नेपाली संघिय समाज युएईमा आवद्ध हुन विशेष आग्रह गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %