पाल्पाको तिनाउ खोलामा ४ जना बेपत्ता/चालकको उद्धार

Read Time:2 Minute, 10 Second

देब पचभैया
Image may contain: sky, outdoor, nature and water

पाल्पा, असार २६ – पाल्पाको तिनाउ खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । तानसेन नगरपालीका वडा नम्बर ९ मा रहेको अम्लीयान् खोलाले बगाएर गएराती साढे दुई बजेतिर लु १ ज १२१७ नम्बरको जिप बगाउदा चार जना बेपत्ता भएको र उनीहरुको खोजीकार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गाडी चालक शक्ति श्रेष्ठलाई उनका आफन्तले सकुशल उद्धार गरेका छन् । बिहे भोज खाएर सराई बाट तानसेन फर्किदै गरेका जिल्ला बन कार्यालय पाल्पाका सवारी चालक तिल बहादुर गाहा, उहाका श्रीमती जिल्ला कृषि बिकास कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत माया गाहा, उद्धार गरिएका चालक शक्तिका श्रीमती माया श्रेष्ठ र तानसेन स्थित रामजाली फर्निचरमा कार्यरत पदम बहादुर कुवर बेपत्ता भएका हुन् ।

चलिरहेको गाडी खोलामा पुग्दा एक्कासी बन्द हुदा उनीहरुले सदरमुकाम तानसेनमा रहेका आफन्त र प्रहरीलाई खवर गरेका थिए । सदरमुकाम तानसेन बाट चालक श्रेष्ठका आफन्त पुगेर डोरीको सहायताले श्रेष्ठलाई उद्धार गर्न सफल भएपनि अरु चार जना गाडी सहित बेपत्ता भएका हुन् । समयमै प्रहरी पुग्न नसक्दा उनीहरुको उद्धार हुन नसेकेको चालक शक्ति श्रेष्ठले गुनासो गर्नुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाले भने उद्धार टोली घटनास्थल पुग्नु भन्दा ३ मिनेट अघि नै उनीहरु बेपत्ता भएको जनाएको छ । बेपत्ता भएकाको खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %