मगर संघ माटेपानीको २३ औं स्थापना दिवस सम्पन्न

Read Time:1 Minute, 36 Second

रुद्र श्रीसमगर

पोखरा, असार २५ – नेपाल मगर संघ माटेपानी एकाइ समिति, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १२ को २३ औं स्थापना दिवस आइतबार सम्पन्न भएको छ ।

स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य एवं जनसम्पर्क तथा प्रसारप्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगरले राज्यका हरेक निकायमा मगर समुदायको पहुँच र प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मगर संघ माटेपानी एकाइका सल्लाहकाररु प्रेमबहादुर रानामगर, ई. बमबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिका अध्यक्ष दुर्गा रानामगर, पूर्व अध्यक्ष देउरुपा श्रीसमगर, नेपाल मगर संघ कास्कीकी जिल्ला सदस्य देउकुमारी थापामगर लगायतले बोल्नुभएको थियो । सो अवसरमा कलाकारहरु उन्नति बुढामगर र नम्सु थापामगरले नृत्य प्रस्तुत गरेका थिए ।

नेपाल मगर संघ माटेपानी एकाइका अध्यक्ष चन्द्रप्रकाश थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जीत अस्लामीमगर तथा उपाध्यक्ष शोभाकर थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %