सहीपनि एमाले मैपनि एमाले बोलको गित गाएका गायक पंगेनीको वडामै एमाले पराजित

Read Time:1 Minute, 39 Second

देब पचभैया

पाल्पा, असार १९ – स्थानिय तहको निर्वाचनका निकै चर्चामा आएको मैपनि एमाले, सैपनि एमाले बोलको गित गाएका गायक बद्री पंगेनीकै वडामा एमाले पराजित भएको छ ।
रामपुर नगरपालीका वडा ८ पाल्पाका लोक दोहोरी गायक बद्री पंगेनीको वडामा नेपाली काग्रेसका बोम बहादुर नाम्जाली बिजयी हुनुभएको हो ।  रामपुर ८ मा खुला वडा सदस्यमा एमालेका कमलराज भट्राई मात्रै  बिजयी भएपनि अरु सबै पदमा नेपाली काग्रेसले जितेको हो । गायक पंगेनीले गाउनुभएको मैपनि एमाले बोलको गित चुनावी प्रचार प्रसारमा निकै चर्चित भएको थियो ।
आफ्नो मतदाता नामावली रहेको रामपुर ८ मै पुगेर भोट दिनुभएका गायक पंगेनीले श्रीनगर पत्रिका संगको टेलिफोन कुराकानीमा गित चर्चित हुनु र आफ्नो वडामा एमाले हार्नुमा कुनै तालमेल नभएको प्रतिकृया दिनुभयो । म कुनै पार्टीको पदमा छैन, समर्थक पनि हैन, उहाले भन्नुभयो प्रधानमन्त्री देउवाकै ठाउमा एमाले बिजयी भएको छ, एमाले अध्यक्ष ओलीकै ठाउमा काग्रेसले जितेको छ । अव मैले गाएको गितका आधारमा मेरो वडामा एमाले हारेपनि कुनै फरक पर्दैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %