संजय सिंजालीमगर
काठमाण्डौं, असार १९ – आदिबासी जनजाति चलचित्र महासंघ द्धारा आयोजित तिन दिने प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी जनजाति चलचित्र महोत्सव नेपाल पर्यटन बोर्डको हलमा औपचारीक रुपमा सञ्चालन रहेको कार्यक्रम आज सम्पन्न भएको छ ।
आज अन्तिम दिन १० देखि १ बजे सम्म बिभिन्न जातिका लामो र छोटो गरि ६ ओटा चलचित्र शो गरियो जसमा गुरुङ (ङयोथुम, टाढाको माया, त्याग, छयाबाहानी), लिम्बु (पेकोसामा), तामाङ (बुम्बा) आदि चलचित्र ।
त्यस पश्चात साढे एक देखि सम्मान कार्यक्रम गरिएको थियो जसमा स्वय सेवक, जातिय संघसंस्था प्रतिनिधी तथा सह प्रायोजक र मिडिया पार्टनरहरु लाई यस नेपाल आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले खादा लगाइदिए भने जनजाति प्रतिष्ठानका अध्यक्ष जगत बरामले प्रमाणपत्र बितरण गरी सम्मान गर्नु भयो ।
महोत्सवलाई भव्य र सव्य बनाउन बिभिन्न संघसंस्था संञ्चारमाध्यमहरुले सहकार्य गरेका थिए । जसमा सहकार्यका लागि नेपाल चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड, मोर्डन आर्टिष्ट ग्रुप, सह प्रायोजकमा नेपाल एयरलाईन्स कर्पोरेसन, थोकर फिल्मस् प्रा.ली., राज कुमार मोक्तान, गोर्खा ब्रवरी, त्यस्तै मिडिया पार्टनरहरु मा इण्डिजिनियस टेलिभिजन, सगरमाथा टेलिभिजिन, नेपाल मण्डल टेलिभिजिन, नाईस मिडिया, अखबार नेपाल आदि रहेका थिए ।
उक्त तिन दिन सम्म शो गरिएको चलचित्र महोत्वसमा बिभिन्न बिधामा गरि १८ वटा लामो र छोटो चलचित्र प्रर्दशन गरिएकोे मध्ये पहिलो दिन प्रर्दशन भएको गुरुङ चलचित्र ‘कर्म क्या’ ले पब्लिक च्वाइज सहित पच्चिस हजार नगद हात पार्न सफल रहयो । जसको निर्देशक जस माया गुरुङ, र निर्माता शंकर गुरुङले गरेका हुन् ।
अन्त्यमा आ-आफ्नो भनाई राख्ने क्रममा आदिबासी जनजाति प्रतिष्ठानका अध्यक्ष जगत बरामाले यस भन्नु भयो । शासक जातिले हामीलाई आफ्नो हक अधिकार देखि सधै बञ्चीत गर्यो, हामी अदिबासी जनजातिको मौलीक परम्परा, रितिरिवाज, भेषभूषमा, चाडपर्वहरु लोपन्मुखी हुने अवस्थामा छ, सरकारले शिवरात्री मनाउन लाखौ रुपैया खर्च गर्छ तर आदिबासी जनजातिको मौलिक चार्डपर्व (भूमे, माघी) मनाउन पर्दा बिन्ती पत्र चढाउन पर्ने यो कस्तो खालको बिभेद हो ? हामी यस्ता अन्यअत्यचारका लागि आदिबासी जनजातिका भातृ संगठनहरु एक जुट भएर लाग्नु पर्ने कुरा जोड दिनु भएको थियो । त्यस्तै आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले पनि आफ्नो भनाई राख्नु भयो । उहाले भन्नु भयो आदिबासी जनजाति चलचित्रको बिकासका लागि चलचित्रकर्मी संघको आवश्यकता हो र सहयोग पनि हुनेछ, चलचित्रहरुलाई अझै उचाईमा पुर्याउनका लागि महासंघले पहल गर्नुपर्छ । भन्दै उपस्थित प्रतिनिधी, दर्शक र पत्रकारहरु लाई शुभकामना दिनु भएको थियो ।
{facebook}1322584971124361{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव २०७४ को फोटो झलक :.
