सभामुख अन्सरी घर्ति मगर बाट आदिबासी जनजाति चलचित्र महोत्सवको उद्घाटन

Read Time:1 Minute, 33 Second

संजय सिंजाली मगर

Image may contain: 11 people, people standing and indoor

काठमाण्डौं, असार १७ – आदिबासी जनजाति चलचित्र महासंघ द्धारा आयोजित तिन दिने प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी जनजाति चलचित्र महोत्सव नेपाल पर्यटन बोर्डको हलमा औपचारीक रुपमा सञ्चालन भएको छ । सो महोत्सव आगमी १७ देखि १९ सम्म चल्ने छ भने बिभिन्न जातिका १८ चलचित्र पर्दशन गरिने छ ।

 

कार्यक्रमका प्रमुख अतिथि सम्माननिय सभामुख ओन्सरी घर्ति मगर बाट पानसमा बत्ति बाली उद्घाटन गरिएको थियो ।

 

उक्त कार्यक्रमको उद्घाटन समारोहमा आदिबासी जनजाति चलचित्र संघसंग आबद्ध रहेका बिभिन्न संघसस्थाहरुले आआफ्नो भेषभूषामा सजिएर मौलिक संस्कृतिक झाकी प्रदर्शन गरेका थिए ।

 

कार्यक्रम संञ्चालन अमृत बहादुर सुनुवारको सभापतित्वमा भएको थियो भने, सञ्चालक चलचित्रसंघका महासचिव पुर्खाजित राई र स्वागत मन्तव्य चलचित्र संघका उपाध्यक्ष युग गुरुङ ले गरेका थिए ।

 

{facebook}1318213788228146{/facebook}

फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी जनजाति महोत्सव २०७४ को फोटो झलक.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %