रूद्र श्रीसमगर
पोखरा, असार १७ – नेपाल मगर संघ चाउथे कदममार्ग एकाइ समिति, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४, कास्कीले एक दिवसीय उद्घोषण तालिम सम्पन्न गरेको छ ।
शनिबार आयोजित तालिममा पत्रकार रूद्रबहादुर श्रीसमगरले उद्घोषण कला तथा भाषण कलाका बारेमा सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीहरूले उद्घोषण तथा भाषणको अभ्यास समेत गरेका थिए ।
नेपाल मगर संघ चाउथे कदममार्ग एकाइ समितिकी अध्यक्ष सुनमाया आलेमगरले समाजमा आबद्ध व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । एकाइ सचिव यमसरी थापामगरले तालिमले समाजलाई प्रगतिपथमा डो¥याउन ऊर्जा दिने उल्लेख गर्नुभयो ।
समाजसेवी सु. मनबहादुर रानामगरले एक दिनको अवधि छोटो भएपनि तालिम निकै उपलब्धीपूर्ण भएको बताउनुभयो । त्यस्तै, अर्का समाजसेवी केशबहादुर रानामगरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
