मिडियाको आखाँमा नपरेकी चर्चित गायिका सुमन थापा मगरको सुपरहिट तीज गीत “मादलु घनन” बजारमा

Read Time:1 Minute, 45 Second

मगर्स क्रियशन

Image may contain: 14 people, people smiling, people standing and outdoor

काठमाडौँ, अषाढ १५ – मिडियाको आखामा नपरेकी तर अहिलेकी चर्चित एबं लोक तथा दोहोरी गायिकाको सुचिमा पर्न सफल सुमन थापा मगरले सबैलाई नाचुँ नाचुँ बनाउने र अहिले सम्म कै एकदमै राम्रो नृत्य भएको तीजको गीत बजारमा ल्याएको छिन |

श्यांग्जा जिल्लाको सेखाममा सामान्य परिवारमा जन्मिएर हुर्किएकी सुमनले थुप्रै लोक तथा दोहोरी गीतहरुमा आफ्नो स्वर भरि सकेकी छिन |सुमनले यसपालीको तीजको कोशेलीको रुपमा “मादलु घनन…” भन्ने गीत बजारमा ल्याएकी छिन | चर्चित गीतकार शिव पौडेलको शब्द, चर्चित गायक ऋषि खड्काको सङ्गीत रहेको यस गीतमा सुमनलाई ऋषि खड्काले साथ् दिएका छन् | सुमनको यस गीतलाई मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको हो |

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गर्नु भएको छ भने बिष्णु शर्माले सम्पादन गर्नु भएको छ । साथै, यस गीतमा “लेट मि डान्स नेपाल २०७४” कि बिजेता बिष्णु मगर लगायत प्रकाश सपुत, दिपाशा बिसी र हेरुका लामाको राम्रो अभिनय रहेको छ ।

 

{youtube}https://youtu.be/pQymf22oO0g{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %