गोविन्द घर्ती

असार १४ । दोश्रो चरणको स्थानीय तहको निर्वाचन रुपन्देहीको देवदहमा शान्तिपुर्ण संचालन भईरहेको छ । १२ वटा वडा रहेको देवदह नगरपालिकामा ४० वटा मतदान केन्द्र रहेको छ ।
देवदह नगरपालिकामा पछिल्लो जानकारी अनुसार करिव ५० प्रतिशत मतदान भईसकेको निर्वाचन कार्यालय देवदहका अधिकृत श्रीकृष्ण नेपालले जानकारी दिनु भयो । देवदह नगरपालिकामा करिव ८० प्रतिशत मत खस्न सक्ने अधिकृत नेपालले बताउनु भयो । ३ वटा गाविस मिलाएर बनाएको नगरपालिकामा ३२ हजार ७०६ मतदाता रहेको छ । देवदह क्षेत्रमा निर्वाध रुपमा सवारी साधन संचालनमा रहेको छ ।

राजनैतिक दलहरुले आ–आफना मतदाता ओर्सानको लागि सवारी साधन प्रयोग गरिरहेपनि प्रहरी प्रशासनले भने कुनै कार्वाही गरेको पाईदैन । प्रहरी प्रशासनले भने मतदान केन्द्रमा राजनीति गरेको केही राजनैतिक दलका नेताहरुले गुनासो गरेका छन् ।
प्रहरी प्रशासनले सत्तापक्षको लागि फरक व्यवहार र अन्य पार्टीलाई फरक व्यवहार गरेको राजनीतिक दलका नेताहरुको भनाई आरोप लगाएको छ । देवदह नगरपालिकाको केरवानी माध्यमिक केन्द्रमा प्रहरी प्रशासनले सञ्चारकर्मीलाई रिपोटिङ्गमा समेत अवरोध खडा गरेको छ । मतदान स्थलको रिर्पोटिङ्गको लागि गएको स्थानीय सञ्चारकर्मीहरुलाई भित्र रिपोर्टिङ्ग गर्न नदिई वाहिर धकेल्ने काम गरेको सञ्चारकर्मीहरुको भनाई रहेको छ । पहुचवाला राजनैतिक दलका कार्यकर्ताहरु भने निर्वाध रुपमा भित्र छिरेपनि सञ्चारकर्मीहरुले भने मतदानको रिर्पोटिङ्ग समेत गर्न नपाएको सञ्चारकर्मीहरुको गुनासो रहेको छ ।
