देब पचभैया

पाल्पा, असार १४ – स्थानिय तहको निर्वाचनको क्रममा पाल्पामा ३ जनाको ज्यान गएको छ ।
मतदानका लागी मतदान स्थल पुगे पनि भोट हाल्न नपाउदै दुई जना र मतदान गरेर घर फर्किएको अवस्थामा एक गरी ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मतदानका लागी लाईनमा बसेको बेला एक्कासी बेहोस भई ढलेका ८४ बर्षिय पूर्णचन्द्र भट्टराई र मतदानस्थल जादै गर्दा ६२ बर्षिया कृष्ण कुमारी कुमालको घटनास्थलमै ज्यान गएको हो भने मतदान गरेर फर्किएको अवस्थामा ७४ बर्षिय लिल बहादुर सुनारको ज्यान गएको हो ।
बगनासकाली गाउपालीका स्थित अरनीको आधारभुत बिधालयमा मतदानका लागी लाईनमा बसेका ८४ बर्षिय पूर्णचन्द्र भट्टराईको बिहान साढे ७ सात बजे र बगनासकाली गाउपालीकाकै रामआधारभुत बिधालयको मतदान केन्द्रमा जाने क्रममा ६२ बर्षिया कृष्ण कुमारी कुमालको ज्यान गएको हो ।
प्रहरीका अनुसार गोरखनाथ माबि अर्चले मतदान केन्द्रबाट मतदान गरी घर फर्किदै गरेका निस्दी गाउपालीका वडा नम्बर ६ का ७४ बर्षिय लिल बहादुर सुनारको दिउसो सवा चार बजे ज्यान गएको हो ।
