कतारमा एकलाख राशीको पुरस्कार तमु प्ये ल्हु संघको कब्जामा

Read Time:5 Minute, 38 Second

कृष्ण सारू मगर

दोहा-कतार, जुन २९ – मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमाजान तथा ईद अल फितरको शुभ अवसरमा तमु प्ये ल्हु संघले “सद्भाव र समाजिक भावना ! खेलकुद विकासको अग्रसरता हाम्रो चाहाना !!” भन्ने उद्धेश्यका साथ आयोजित अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता २०१७” को ठुलो धन राशीको पुरस्कार उपाधि नेरू- १,०५०००/- अक्षरूपि (एकलाख पाँच हजार) तमु प्ये ल्हु संघले हात पारेको छ ।

पुर्वाञ्चल भलिबल समुहलाई सोझो सेटमा पाखा लगाएको रूकुम समुहले तृतीयमै चित्त बुझायो । भने उपबिजेता बनेको पाल्पाली सेवा समाजले आयोजक तमु प्ये ल्हु संघलाई २५-१६ एक सेट ल्याएको थियो । प्रतिस्पर्धात्मक उत्रिएका खेलाडीले त्यसको बिरूद्धमा दोस्रो सेटमा २५-१६ तथा तेस्रो सेटमा २५-२१ तमु प्ये ल्हुले दुईसेट जितेर प्रथम स्थान हात पार्न सफल भएको हो ।
लगातार तीन दिन सम्म चलेको खेललाई विभिन्न ३२ टिमलाई अन्तराष्ट्रिय खेलकुद ऐन फिफाको नियमलाई पालना गराउँदै टि.टी. सिष्टमको प्रणालीमा रेफ्री सुर्य थापा मगर, दिपेन्द्र राना मगर, निल गुरुङ्ग, पुर्ण गुरुङ्ग, आर्जुन जिटि र मुख्य रेफ्रिको भुमिका पाएका नेपाल राष्ट्रिय भलिबल बाट मान्यता प्राप्त मोहन बहादुर गुरूङ्ग समुहको नेतृत्वमा रहेको रेफ्रीले अनुसासित ढंग बाट कार्यनयन गराउँदै, उक्त खेललाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेका हुन् । आयोजकले दर्ता भएका विभिन्न ३२ टिमको (महत्त्वपूर्ण जिम्मेवारी) संयोजकको भुमिका लालकाजी तमु गुरूङ्गले पाएका थिए ।

खेलकुद कार्यक्रमलाई प्रमुख अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष प्रविन गुरूङ्गले उद्धघाटन गरेका थिए ।
उक्त खुल्ला भलिबल प्रतियोगिता खेलकुद कार्यक्रमलाई प्रतक्ष वा अप्रत्यक्ष सह्योगी विभिन्न संघ, संस्था तथा आदरणीय शुभेच्छुक सबैमा विशेष आभार प्रकट गर्दै बिजेता टिमलाई बधाई तथा शुभकामना दिँदै, संघका संरक्षक, जुद्धजंग तमु गुरूङ्ग, अध्यक्ष लिलकुमार तमु गुरूङ्ग तथा खेलकुद संयोजकको सह्योगमा संघले पुरस्कार राशीको चेक हस्तान्तरण गर्दै, कप, मेडल तथा प्रमाणपत्र क्रमशः प्रदान गरेका हुन् ।

जेष्ठ नागरिक खिम बहादुर तमु गुरूङ्ग बाट शुभ आशिर्वाद सहित टीका ग्रहण गर्दै प्रथम पुरस्कार नेरू-१,०५०००/- अक्षरूपि (एकलाख पाँच हजार) आयोजक तमु प्ये ल्हु संघले सुरक्षित गर्न सफल भयो । भने, द्धितिय पुरस्कार नेरू- ७०,०००/ अक्षरूपि (सत्तरी हजार) पाल्पाली सेवा समाजले प्राप्त गर्‍यो । यसै गरी तृतीय पुरस्कार नेरू- ३५,०००/- अक्षरूपि (पैतिस हजार) रूकुम समुहले हासिल गरेका छन् ।

श्रोतका अनुसार बेष्ट प्लेयर तथा अनुशासनमा प्रदिप बि.क.ले हात पारेका छन् । बेष्ट स्पाइकरमा राम क्षेत्रीले पाए । बेष्ट लिफ्टर अमीत गुरुङ्गले पाए । बेष्ट क्विकर बिबेक गुरुङ्ग तमु प्ये ल्हु संघका खेलाडी हुन् । यसै गरी बेष्ट डिफेन्स तिलु थापा मगर, बेष्ट ब्लकर पशुपती राना मगर र बम थापा मगरले म्यान अफ दि म्याचको उपाधि प्राप्त गर्न सफल भएका खेलाडी पाल्पाली सेवा समाजका हुन् ।

भने अर्का म्यान अफ दी म्याचको उपाधी पाउने खेलाडी रूकुम समाजका थिए । आयोजकले माथि नारामा उल्लेख बमोजिमको प्रथम, द्धितिय र तृतीय स्थान सम्म पुग्ने प्रत्येक टिमका एक-एक जना खेलाडीलाई प्रोत्साहित गर्ने हेतुले म्यान अफ दी म्याचको उपाधि प्रदान गर्दै यो प्रावधान राखेको हो । सचिव चन्द्र तमु गुरूङ्गले भने, औधोगिक क्षेत्र अन्तरगत पर्ने सन‌ैयाको स्ट्रिट नं- ५४ लेफ्ट साईड Qatar Racing Club नजिकै रहेेको स्थानमा सम्पन्न खेलकुद कार्यक्रमको पुरस्कार वितरण कार्यक्रमलाई संघमा सचिव चन्द्र तमु गुरूङ्गले संचालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %