जापानका व्यवसायी खत्रीलाई गलकोट समाज पोखराद्वारा स्वागत

Read Time:1 Minute, 21 Second

रूद्र श्रीसमगर

Image may contain: 8 people, people standing

 

पोखरा, असार १२ – जापानका प्रतिष्ठित व्यवसायी पृथ्वी खत्रीलाई गलकोट समाज पोखराले स्वागत एवं सम्मान गरेको छ ।

बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ५, कौलेनी घर भइ हालः पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५, रामबजार, प्रतिभा टोल निवासी खत्री हाल जापानमा सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । खत्रीलाई शनिबार गलकोट समाज पोखराको तर्फबाट अध्यक्ष मीनबहादुर खत्रीले स्वागत एवं सम्मान गर्नुभयो ।

स्वागत एवं सम्मान ग्रहणपछि बोल्दै व्यवसायी खत्रीले यसवर्षको हरितालिका तीजमा सम्पूर्ण गलकोटे दिदीबहिनीहरूलाई दर खुवाउनका लागि गलकोट समाज पोखरालाई प्रायोजन गरी सहयोग गर्ने वचन दिनुभयो । ‘तपाईहरूले मलाई स्वागत गर्नुभएकोमा म आभारी छु’, खत्रीले भन्नुभयो, ‘परदेशमा बसेपनि आफ्नो जन्मभूमिको निकै माया छ, देश र जन्मेको ठाउँका लागि केही गर्ने सोंच पलाएको छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %