२० बर्ष पछि बुधबार स्थानिय तहको निर्वाचन हुदैछ

Read Time:7 Minute, 36 Second

जिम्मेवारी पुरा गरौ

२० बर्ष पछि बुधबार स्थानिय तहको निर्वाचन हुदैछ ।

पाल्पामा निर्वाचनको तयारी पुरा

देब पचभैया

पाल्पा, असार ११-बुधवार हुने स्थानिय तहको निर्बाचनका लागी पाल्पामा तयारी पुरा भएको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार जिल्लाका ८ गाउपालीका र दुई नगरपालीकाका ११८ मतदान केन्द्र र २११ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी , सुरक्षा कर्मी लगाएतको टोली पुगिसकेको छ । सुरक्षा कर्मी बाहेक १२ सय ६६ कर्मचारी खटिएको र शान्ती सुरक्षालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न नेपाली सेना, जनपथ प्रहरी, ससत्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी सहितको संयुक्त सुरक्षा टोलीले निर्वाचन स्थल, मतपत्र, मतदाता, उम्मेदवार सबैको सुरक्षा गर्ने गरी रणनिति बनाएर चुनाव सम्पन्न गर्न तयारी अवस्थामा रहेको प्रजिअ गौतमको भनाई छ । 

मतदान अघि मतदानको दिन र मतदान पछि गरी ३ चरणमा गरी सुरक्षा सर्तकता अपनाईएको पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक हरीराज वाग्लेले जानकारी दिए । १ लाख ६२ हजार २ सय ५३ मतदाता रहेको पाल्पामा २ नगरपालीका र ८ गाउपालीकामा गरी स्थानिय तहको निर्वाचन बाट ४ सय २५ जनप्रतिनिधि चुनिनेछन् । आईतवार देखि मतदान केन्द्रबाट मतदाता परिचय पत्र बितरण संगै मतदाता शिक्षाको कार्यक्रम पनि सुचारु हुने मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले जानकारी दिए । सोमबार देखि मौन अवधी शुरु हुने भएकाले आज उम्मेदवार र नेताहरुले बिहानै देखि घरदैलो अभियानलाई तिब्र पारेका छन् ।

को को हुन् जिल्लाका उम्मेदवारहरु ?

तानसेन नगरपालीकाः
तानसेन नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरपदको उम्मेदवारमा अजयमान कर्माचार्य, उपमेयरमा लालु कुमारी राना रहेका छन । नेकपा एमालेका तर्फबाट मेयर पदमा अशोक शाही, उपमेयरमा लक्ष्मी पाठक, नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा प्रतिक्षा सिंजाली, उपमेयरको पदमा धनेन्द्रराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदमा रेवन्त बहादुर विष्ट, उपमेयरमा निर्मला हमाल, राष्ट्रिय जनमोर्चाबाट मेयर पदमा टिकाराम पौडेल, उपमेयरमा उमा सिंजाली, राष्ट्रिय जनमुक्ती पार्टीबाट मेयर पदमा होम बहादुर थापा र उपमेयरमा सावित्रा राना प्रतिस्पर्धामा छन ।

संघिय समाजबादी पार्टी बाट तानसेन नगरपालीकाको मेयर पदमा कुम बहादुर घर्तीमगर, स्वतन्त्र बाट श्रीधर पाण्डे र उपमेयरमा स्वतन्त्रबाट कृष्णा कुमारी गिरी पनि प्रतिस्पर्धामा रहेका छन ।

स्वतन्त्र उम्मेदवारः
तानसेन नगरपालीकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारका रुपमा श्रीधर पाण्डे प्रतिस्र्धामा उत्रिएका छन ।

नम्बर ३ को वडा अध्यक्षमा भुगोल बैंजु, वडा नं. ३ को सदस्यमा राजेन्द्र अधिकारी, वडा नं. २ को वडा अध्यक्षमा बजेन्द्र प्रसाद प्रधान र वडा नं. ४ को वडा अध्यक्ष पदमा अनुप कर्मचार्य पनि प्रतिस्पर्धामा रहेका छन ।

रामपुर नगरपालीकामाः

रामपुर नगरपालिकामा नेपाली कांग्रेस बाट मेयर पदमा रमण बहादुर थापा, उपमेयरमा विष्णु देवी घिमिरे, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार मेयरमा राजु प्रसाद श्रेष्ठ, उपमेयरमा दुर्गादेवि राना प्रतिस्पर्धामा रहेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टि बाट मेयरमा कृष्ण प्रसाद अर्याल, उपमेयरमा शोभा केसी, राष्ट्रिय जनमोर्चा बाट मेयरमा रेशम कंडेल र उपमेयरमा सावित्रा गैरेले उम्मेदवारी दिएका छन ।

स्वतन्त्र बाट विष्णु बहादुर घर्तिले उपमेयरमा उम्मेदवारी दिएका छन । स्वतन्त्र बाट मेयरमा रमण बहादुर राना र उपमेयरमा मायाँ सुनारीले उम्मेदवारी दिएका छन ।

गाउपालीकामा को को छन् ?

रिब्दीकोट गाउपालीकाः

रिब्दीकोट गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा गोविन्द बहादुर आचार्य र उपाध्यक्षमा कमला छहरी, नेकपा एमालेबाट अध्यक्षमा नारायण जिसी, उपाध्यक्षमा लक्ष्मी खनाल, नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा लिला बहादुर कार्की, उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भोजीन्द्र बहादुर केसीको उम्मेदवारी दर्ता भएको छ । रिब्दीकोट गाउपालीकामा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ती पार्टी मिलेर प्रतिस्पर्धामा उत्रिएका छन् ।

रैनादेबी गाउपालीकाः

रैनादेबी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस बाट राम बहादुर कार्की, उपाध्यक्षमा चेत कुमारी गाहा, नेकपा एमाले बाट अध्यक्षमा राम बहादुर राउत, उपाध्यक्षमा गोमा रास्कोटी(बगाले) नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा फर्स बहादुर खाम्चा, उपाध्यक्षमा खेममायाँ थापा, राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षमा पर्सराम पौडेल, उपाध्यक्षमा बसेनी दर्लामी प्रतिस्पर्धामा रहेका छन् । राप्रपा बाट अध्यक्षमा ज्ञान बहादुर सार्की र उपाध्यक्षमा मिठु सार्की रहेका छन । स्वतन्त्र उम्मेदवार देब प्रसाद श्रेष्ठ अध्यक्ष र स्वतन्त्र रुपमा उपाध्यक्षमा साबित्री दर्लामी पनि निर्वाचनमा होमिएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %