लोकमार्गमा फोहोर फाल्ने सवारी साधान संगै २ जनालाई प्रक्राउ

Read Time:3 Minute, 22 Second

गोबिन्द घर्ती

असार ८ । रुपन्देहीको देवदह क्षेत्रको लोकमार्गमा फोहोर फाल्ने सवारी साधान संगै २ जनालाई प्रक्राउ गरेको छ । बुटवल क्षेत्रबाट निस्केको फोहोरलाई देवदहको लोकमार्गमा ल्याएर फाल्दै गरेको अवस्थामा ई–रिक्सा चालक दिल बहादुर वस्याल र सञ्जीव ज्ञवालीलाई पहरीले पक्राउ गरेको छ । बुटवलको राजमार्ग चौराहमा रहेको कोलनी होस्टेलबाट निस्केको फोहोर मैला ई–रिक्समा मार्फ देवदहको लोकमार्गमा ल्याएर फाल्दै गर्दा रंगेहात पक्राउ गरेको हो । बुटवल क्षेत्रबाट निस्केको फोहोरलाई देवदहको लोकमार्ग क्षेत्रमा ल्याएर फाल्ने गरेका कारण लोकमार्ग दुर्गन्धित बन्दै गएको छ ।
सो दुर्गन्धितलाई रोक्नको लागि देवदह नगरपालिकाले विशेष योजनाका साथ लोकमार्ग सरसफाई संगै निगरानी समेत बढाएको देवदह नगरपालिकाले जनाएको छ । फोहोर फाल्ने ई–रिक्सा र फोहोर फाल्न लगाउने होस्टेलका संचालकलाई एक लाख सम्मको जरिमाना गर्ने देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले बताए । बुटवल क्षेत्रबाट निस्कने फोहोरलाई सही ठाउमा डम्पिङ्ग नगरी देवदह क्षेत्रको लोकमार्गमा जथाभावी फाल्ने गरेका कारण दुर्गन्धित बन्दै गएको अधिकृत नेपालले बताए ।
बुटवलबाट निस्केको फोहोर मैला बुटवल नगरपालिकाले निर्माण गरेको डम्पिङ्ग क्षेत्रमा लगि व्यवस्थापन गर्नु पर्ने र फोहोर मैलालाई लार्पावाही तरिकाले फाल्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याई कार्वाही गर्नुपर्ने देवदह नगरपालिकका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले बताए । कोलनी होस्टेलका संचालक सञ्जीव ज्ञवालीले भने आफुले ई–रिक्सालाई होस्टेलबाट निस्केको फोहोर मैला देवदह क्षेत्रको लोकमार्गमा फाल्न नभनेको तर रिक्सा चालकले गल्ति गरेको बताए । तर ई–रिक्सा चालक दिल बहादुर वस्यालले भने होस्टेलबाट निस्केको फोहोर मैलालाई जहा फोहोर मैला फाल्ने गरिन्छ त्यही फाल्नु भनी आफुलाई भनेको बताए ।
फोहोर मैला व्यवस्थापन गर्न नसक्ने र जथाभावी फाल्नेहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने र उनीहरुको लाईसन्स समेत खारेज गर्नुपर्ने नगर अधिकृत नेपालले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %