उमेदवार बीच साझा बहस कार्यक्रम सम्पन्न

Read Time:5 Minute, 24 Second

गोबिन्द घर्ती

असार ९ । रुपन्देहीको देवदहमा नागरिक उम्मेदवार साझा बहस कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदका उम्मेदवार उपमेयर पदका उम्मेदवार वीच साझा बहस कार्यक्रम सम्पन्न गरेको हो । नागरिक समाज देवदहको आयोजनामा स्थानीय तहको निर्वाचन पश्चात नगरपालिकामा पुगेर आफुहरुले सार्वजनिक गरेको घोषणापत्र, त्यसको कार्यान्वयन कसरी गर्न सकिन्छ र आफनो उम्मेदवार किन भन्ने विषयमा केन्द्रित रहेर नागरिक बहस सम्पन्न भएको थियो ।
नागरिक बहसमा नेपाली काग्रेसका मेयरका उम्मेदवार हिरा बहादुर खत्री, नेकपा एमालेका मेयरका उम्मेदवार टिकाराम चापागाई, राष्ट्रिय जनमुक्ति पार्टीका मेयरका उम्मेदवार दल बहादुर विरकट्टा, मजदुर किसान पार्टीका मेयर उम्मेदवार युवराज विक, स्वतन्त्र मेयर उम्मेदवार रधुनाथ अर्यालले नागरिकबाट उठेका जिज्ञासाको उत्तर दिनु भएको थियो । त्यसैगरी नेकपा माओवादी केन्द्रका उपमेयर उम्मेदवार टिका न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपमेयरका उम्मेदवार माधव प्रसाद रिमाल, राष्ट्रिय जनमुक्ति पार्टी उपमेयरका उम्मेदवार ज्ञानीसरा रानाले जवाफ दिनु भएको थियो ।
सोही अवसरमा बोल्दै नेपाली काग्रेसका मेयर उम्मेदवार हिरा बहादुर खत्रीले पूर्णशान्ति, शुसासनको लागि आफुले उम्मेदवार दिएको बताए । खत्रीले कृषिलाई व्यवसायीक र आधुनिकको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सिहदरवारमा रहेको अधिकार स्थानीय निर्वाचन मार्फत गाउ स्तरमा आएकोले त्यसको कार्यान्वयनको लागि आफुले मेयरमा उम्मेदवार दिएको बताउदै देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलको उत्खनन गरी देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार टिकाराम चापागाईले देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गरी आर्थिक बृद्धि गर्न आफनो पहिलो काम रहने बताए । उहाले कृषिको प्रवद्र्धन गरी स्थानीय कृषिकहरुलाई प्रोत्साहन गर्दै व्यवसायीकरण गरी आर्थिक उपार्जन गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय जनमुक्ति पार्टीका मेयर पदका उम्मेदवार दल बहादुर विरकट्टाले भ्रष्टचार मुक्त नगरपालिका बनाउनको लागि आफुले मेयरमा उम्मेदवारी दिएको बताए । विरकट्टाले देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गरी ५ बर्ष भित्र देवदहको जीवन स्तर उकास्ने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार टिका गौतमले जनयुद्धका एजेण्डा स्थानीय तहको निर्वाचन मार्फ कार्यान्वयन गर्न आफुले उपमेयरमा उम्मेदवारी दिएको बताए । सिहदरवारमा रहेको अधिकारलाई स्थानीय तहको निर्वाचन मार्फत गाउ स्तर सम्म ल्याउन सफल भएको बताउदै त्यसलाई कार्यान्वयन गर्नको लागि पनि आफनो उम्मेवारी परेको दावी गरे । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी उपमेयर पदका उम्मेदवार माधव प्रसाद रिमालले शान्ति, विकास, स्वच्छ राजनीति, पर्यटन, धार्मिक क्षेत्रको रुपमा विकास गर्न आफनो उम्मेदवारी रहेको बताए । परम्परा कृषिलाई परिमार्जन गरी व्यवसायीक कृषिलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीका उपमेयर पदका उम्मेदवार ज्ञानीसरा रानाले संविधानमा महिलाहरुको अधिकार सुनिश्चितालाई कार्यान्वयन गर्न आफनो उम्मेदवारी परेको बताए । महिलाहरुको शसक्तिकरणको लागि आफुनो पहिलो प्राथमिकता रहने प्रतिवद्धता व्यक्त गरे । नागरिक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष जयकिशन अधिकारीको स्वागत र सचिव दासीराम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %