गोबिन्द घर्ती
असार ६ । संविधान कार्यान्वयन मुलुकको विकास र स्थानीय तहको निर्वाचन सफल बनाउन नेपाली काग्रेस र माओवादी केन्द्र वीच गठवन्धन भएको नेपाली काग्रेसका केन्द्रिय सदस्य वालकृष्ण खाणले बताएका छन । पुर्व रक्षामन्त्री समेत रहका नेता खाणले राष्ट्रिय समृद्धि, स्थानीय तहको विकास, समाज परिवर्तनको लागि माओवादी केन्द्र र नेपाली काग्रेस वीच भएको चुनावी गठवन्धनले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिएका थिए ।
नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र देवदहको संयुक्त प्यानलद्धारा देवदहको खैरेनीमा आयोजित स्थानीय तह निर्वाचन बृहत्त घोषणा सभामा बोल्दै नेता खाणले उक्त कुरा बताएका हुन । नेता खाणले संविधान कार्यान्वयन र स्थानीय विकासको लागि काग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको जित आवश्यक रहेको बताए ।
सोही अवसरमा बोल्दै माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा राजनैतिक सल्लाहकार चन्द्र प्रकाश खनालले राष्ट्रिय समस्याको निकास भनेको स्थानीय तहको निर्वाचन भएकोले माओवादी केन्द्र र नेपाली काग्रेस वीच चुनावी गठवन्धन गरेको बताए । खनालले राजनैतिक रुपमा एजेण्डा फरक भएपनि स्थानीय विकास निर्माणको हकमा काग्रेस र माओवादी केन्द्रको एजेण्डा एउटै भएका कारण चुनावी गठवन्धन गरेको दावी गरे ।
नेपाली काग्रेस देवदह नगर समितिका सभापति गुणाखर भूर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिल्लाराम आर्चाय, नेपाली काग्रेसका जिल्ला सभापति एवं सांसद अव्दुल रज्जाक, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य माधव शर्मा, मेयर पदका उम्मेदवार हिरा बहादुर खत्री, उपमेयरका उम्मेदवार टिका न्यौपाने लगायतले बोल्दै देवदह नगरपालिकालाई पर्यटकीय, सुन्दर र समृद्धि नगरपालिका निर्माण गर्नको लागि संयुक्त प्यानललाई विजयी गराउनु पर्नेमा जोड दिएका थिए ।
