गोबिन्द घर्ती
असार ४ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने कार्य प्रदेश नं १, ५ र ७मा सम्पन्न भएको छ । सोही अन्र्तगत रुपन्देहीको देवदह नगरपालिकामा पनि मेयर, उपमेयर, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्यको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । देवदह नगरपालिकाको मेयरको लागि ११ जनाले उम्मेदवारी दर्ता गराएको छ भने उपेमयरका लागि ७ जनाको उम्मेदवारी फरेको निर्वाचन अधिकृत श्रीकृष्ण नेपालले बताए ।
त्यसैगरी १२ वटा वडा अध्यक्षका लागि ७० जनाले उम्मेदवारी दर्ता गराएको अधिकृत नेपालले बताए । त्यसैगरी महिला सदस्यमा ५६ जना, दलित महिला सदस्यमा ४७ जना र खुल्ला सदस्यमा १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय देवदहले जनाएको छ । मेयर पदमा नेपाली काग्रेसको तर्फबाट हिरा बहादुर खत्री, नेकपा एमालेको तर्फबाट टिकाराम चापागाई, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट दल बहादुर विरकट्टा, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अकलुन मिया मुसलमान, नया शक्ति पार्टीको तर्फबाट तेजलाल डुम्रे, मजदुर किसान पार्टीको तर्फबाट युवराज विक, राष्ट्रिय जनमोर्चाको तर्फबाट मुक्त बहादुर मगरले मेयर पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय देवदहले जनाएको छ ।
त्यसैगरी उपमेयरको लागि नेकपा एमालेको तर्फबाट विद्यालक्ष्मी गुरुङ्ग, नेकपा माओवादी केन्द्रको तर्फबाट टिका न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट माधवप्रसाद रिमाल, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट ज्ञानीसरा राना, देशभक्त गणतान्त्रिक मोर्चाको तर्फबाट भीम बहादुर भूजेल, राष्ट्रिय जनमोर्चाको तर्फबाट धनमाया थापाले उम्मेदवारी दिनु भएको छ । त्यसैगरी मेयर पदमा रघुनाथ अर्याल, प्रेमबहादुर अदैमगर, रुपसिंह थापा, राजकुमार न्यौपानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै हिरामाया मोक्तानले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालय देवदहले जनाएको छ ।
दोश्रो चरणको स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा देवदहमा क्रियासिल राजनैतिक दलहरु द्यलबल सहित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेको थिए । विभिन्न घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक सुरज कार्कीले जानकारी दिए ।
