बागलुङ–पोखरा मगर समाजको ११औं वार्षिक साधारणसभा साउन २८ गते हुने

Read Time:2 Minute, 10 Second

 

रूद्र श्रीसमगर

पोखरा, ३ असार-बागलुङ–पोखरा मगर समाजको ११औं वार्षिक साधारण सभा आगामी साउन २८ गते शनिबार हुने भएको छ । शनिबार सम्पन्न समाजको मासिक बैठकले वार्षिक साधारणसभा गर्ने निर्णय गरेको समाजका सचिव गजेन्द्र थापामगरले जानकारी दिए ।

यसैगरी बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५, हेम्जामा समाजको भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय पनि गरेको छ । बैठकका अवसरमा समाजमा आबद्ध भएका नयाँ सदस्यहरूलाई समेत स्वागत गरिएको थियो । साथै बैठकमा समाजलाई दुई वटा पानीको जार वाद्यवादनका सामग्री डम्फु र मादल सहयोग गर्ने समाजका सल्लाहकार किरण थापामगर र महिला संयोजक रनमाया थापामगरलाई सम्मान समेत गरिएको थियो ।

बैठकमा आफ्नो धारणा राख्दै समाजका पूर्व अध्यक्ष एवं हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखका प्रत्यासी भीम बहादुर श्रीसमगरले आफूलाई प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्ने सबै मतदातालाई धन्यवाद दिए । सो अवसरमा समाजका सल्लाहकार समेत रहेका श्रीसमगरले राजनैतिक जागरण नआएसम्म मगर जातिको मुक्ति नहुने स्पष्ट पारेका थिए ।

बैठकमा समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक मेख बहादुर छन्त्यालमगर बागलुङको बरेङ गाउँपालिकाको खुल्ला वडा सदस्यमा निर्वाचित भएकोमा उहाँलाई बधाईसहित सम्मान गरिएको थियो । समाजका अध्यक्ष राम बहादुर पुनमगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %