देवदहको विकासको लागि नगरपालिकामा एमालेको नेतृत्व आवश्यक

Read Time:2 Minute, 13 Second

गोविन्द घर्ती

जेठ २९ । नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्ने रुपन्देहीको देवदह–२, ढेकावरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले देवदहको विकासको लागि नगरपालिकामा एमालेको नेतृत्व आवश्यक रहेकोले पार्टीका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिएका थिए । नेकपा एमाले देवदह–२, शाखा कमिटीले उम्मेदवार परिचय तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । असार १३ गतेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले देवदह–२, शाखा कमिटीले विभिन्न कार्यक्रमहरु अगाडि बढाईरहेको छ । सोही अवसरमा नेकपा एमालेलाई विगत लामो समय देखि योग्दान दिने जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

शाखा कमिटीका कार्यवहाक अध्यक्ष शिवधारी अहिरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य एवं क्षेत्रीय ईन्चार्ज सिद्धिचरण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य एवं देवदह ईन्चार्ज प्रकाश अर्याल, जिल्ला सदस्य यम राना, युवा संघ नेपालका जिल्ला सदस्य कृष्णराज पौडेल, वडा ईन्चार्ज यमबहादुर आले लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सो अवसरमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार धर्मागत पाण्डेले वडाको विकासको लागि सदैव आफु लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । पार्टीले घरदैलौ तथा जभेटघाटलाई तिव्रता दिने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %