तनहुँ मगर भूपूको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सु.खुम थापा

Read Time:2 Minute, 15 Second

सन्जय सिंजालीमगर

Image may contain: 10 people, people smiling, people standing

 

तनहुँ, दमौली-२७ जेठ २०७४ का दिन नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ तनहुँ जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन सम्पन्न ।

जिल्ला अध्यक्ष सु. खुम बहादुर थापाको अध्यक्षतामा सचिब सु. सुर्य बहादुर थापा मगरको संचालन र स.सचिब नेत्र थापा मगरको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हुम बहादुर पचभैया थापा मगरले पानसमा दियो बाली उद्घाटन गरेका थिए ।

अधिवेसनले सु.खुम बहादुर थापा मगरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

कार्यक्रममा श्रिमती सुन्दरी प्रतियोगितामा तनहुँ बाट क्रमश प्रथम र द्धितिय हुनु भएका बिष्णु थापा मगर र झरना थापा मगर, कलाकार द्धारा तृप्ति थापा मगर र ईन्दीरा थापा मगर लगायत बिभिन्न ब्याक्तित्वहरूलाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथि द्धारा नेपाल मगर संघ तनहुँ जिल्ला समितिका अध्यक्ष सिदान्त थापा मगर, संघका केन्द्रीय सदस्य एबं अधिवेसनका संयोजक हस्तबहादुर थापा मगर, क्या याम बहादुर ढेगा मगर, क्या. दिप बहादुर राना मगर, खड्क बहादुर थापा मगर र नर बहादुर ख़ुलाल मगर, भूपू सैनिक क्लबका स.सचिब तथा बिर नारी मिना थापा मगर लगाएतले सफल्ताको शुभकामना मन्तब्य दिएका थिए ।

जिल्ला अध्यक्ष बाट प्रमुख अतिथिलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।
{facebook}1298184090231116{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
तनहुँ मगर भूपूको प्रथम अधिवेशन सम्पन्नको फोटो झलक :. 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %