शैक्षिक गुणस्तरको लागि शिक्षकहरु वीच समन्वय हुनु पर्ने

Read Time:3 Minute, 4 Second

गोबिन्द घर्ती

जेठ २६ । शैक्षिक गुणस्तरको लागि शिक्षकहरु वीच समन्वय हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले शैक्षिक क्षेत्रमा एकरुपता ल्याउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले स्थानीय तहको निर्वाचन पछि शिक्षामा सुधार आउनेमा दावी गरेका थिए । पुर्व क्षेत्र नीजि विद्यालय ईप्सा रुपन्देहीद्धारा देवदहको ढेकावरमा आयोजित बक्तृत्वकला तथा चित्रकला प्रतियोगिताको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
ईप्सा रुपन्देहीका अध्यक्ष बोधराज गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, रुपन्देहीका पुर्व शिक्षा अधिकारी टेक बहादुर थापा, प्याव्सनका बरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा, सचिव लक्ष्मण ज्ञवाली, केरवानी माध्यमिक विद्यालयका प्रार्चाय दुर्गादत्त शर्मा, प्याव्सनका पुर्व सहसचिव गोपाल भट्टराई, दशरथ कुमाल लगायतले आ–आफना भनाई राखेका थिए । जनचेतना सम्वन्धी भएको चित्रकला प्रतियोगितामा मदर टङ्गसका सिजन लुङगेली प्रथम, नारायणी पव्लिकका अम्विका थारु द्धितिय, सरस्वती बोडिङ्गका निश्चल सुवेदी तृतिय र सेभेन स्टारका आकृति पुन सान्तवना भएका छन ।
त्यसैगरी मावि तर्फको बक्तृत्वकला प्रतियोगितामा सेभेन स्टारका समिर केसी प्रथम, एशियन लाईटका प्रविन ठकुरी द्धितिय, मदर टङ्गसका मुस्कान गुरुङ्ग तृतिय र ग्रिनप्लान्टका अंकित अर्याल सान्त्वना भएका छन । निमाबि तर्फ भएको प्रतियोगितामा देवदह मदर टङ्गसका लक्ष्मी अधिकारी प्रथम, सेभेन स्टारका रुवी आले द्धितिय, ग्रिनप्लान्टका विजन अधिकारी तृतिय र बुद्धपव्लिकका विया न्यौपाने सान्तना भएका छन । सोही अवसरमा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापालाई विदाई समेत गरिएको थियो । ईप्साका उपाध्यक्ष राम बहादुर गुरुङ्गको स्वागत, कोषाध्यक्ष तारानाथ खरेलको धन्यवाद ज्ञापन र सचिव महेश पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %