भाषिक समानताका आधारमा सरकारी कामकाजको भाषा निर्धारण गर्न सुझाव

Read Time:4 Minute, 54 Second

रूद्र श्रीसमगर

Image may contain: 4 people, people sitting and indoor

पोखरा,  जेठ २३ – भाषाविद् एवं भाषिक अभियन्ताहरूले भाषिक समानताका आधारमा सरकारी कामकाजको भाषा निर्धारण गर्न भाषा आयोगलाई सुझाव दिएका छन् ।

भाषा आयोगले मंगलबार पोखरामा आयोजना गरेको चार नम्बर प्रदेशस्तरीय ‘भाषा आयोगको मार्गचित्र निर्माण एवं भाषासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम’मा बोल्ने वक्ताहरूले नेपालमा बोलिने मातृभाषाहरूलाई समानताका आधारमा सरकारी कामकाजको भाषा निर्धारण गर्न सुझाव दिएका हुन् ।

चार प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सहभागी भाषाविद् एवं भाषिक अभियन्ताहरूले चार वटा समूहमा छलफल गर्दै आयोगसमक्ष विभिन्न सुझाव प्रस्तुत गरे ।
सो अवसरमा ‘नेपालका मातृभाषाहरूको स्थितिबारे’ कार्यपत्र प्रस्तुत गर्दै भाषाशास्त्री प्रा.डा. योगेन्द्रप्रसाद यादवले लोपोन्मुख अवस्थामा पुगेका मातृभाषाहरूलाई नयाँ प्रविधिको प्रयोग गरी संग्रहित गर्नुपर्ने धारणा राख्नुभयो । ‘नेपालमा बोलिने कैयन् मातृभाषा लोप हुने अवस्थामा पुगेका छन्’, प्रा.डा. यादवले भन्नुभयो, ‘सबै मातृभाषाको डिजिटल डकुमेन्टेशन आवश्यक छ ।’ संसारमा बोलिने सबै भाषा समान भएको भन्दै प्रा.डा. यादवले भाषालाई बोझ ठान्न नहुने बताउनुभयो ।

भाषा आयोगको व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै भाषा आयोगका सचिव रामशरण सापकोटाले मातृभाषा बचाउन यान्त्रिक अनुवाद संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘भाषासम्बन्धी रोष्टर सूची समेत भर्खरै तयार भएको छ’, सापकोटाले भन्नुभयो, ‘मातृभाषा बचाउन अब यान्त्रिक अनुवाद संयन्त्र निर्माण गर्नु जरुरी भइसकेको छ ।’ सरकारी कामकाजको भाषा तथा शिक्षाको भाषा निर्धारणका लागि भाषा आयोगले काम सुरु गरिसकेको जानकारी दिँदै सापकोटाले भावी सन्ततिका लागि पनि मातृभाषा बचाउनुपर्नेमा जोड दिनुभयो ।
‘भाषा आयोगको मार्गचित्रबारे’ कार्यपत्र प्रस्तुत गर्दै आयोगका उपसचिव झुमप्रसाद राईले आयोगले प्रदेशस्तरमा आएका विभिन्न सुझावका आधारमा आगामी मार्गचित्र तयार गर्ने जानकारी दिनुभयो । ‘प्रदेशस्तरमा आएका सुझावका आधारमा हामीले आयोगको मार्गचित्र तयार गर्ने हो’, राईले भन्नुभयो, ‘तपाईहरूको महŒवपूर्ण हाम्रा लागि अति आवश्यक छ ।’ भाषिक सर्वेक्षण एवं नक्साड्ढनलगायतका काम जरुरी रहेको राईको भनाइ थियो ।

क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले कार्यक्रमका सहभागीलाई भाषा आयोगलाई ठोस सुझाव दिन आग्रह गर्नुभयो । ‘अन्तरक्रिया कार्यक्रमको मूल उद्देश्य आयोगलाई ठोस सुझाव प्राप्त होस् भन्ने हो’, अधिकारीले भन्नुभयो, ‘तपाईहरूले मातृभाषाको विकास र विस्तारका लागि आयोगलाई ठोस सुझाव दिन आवश्यक छ ।’
 
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगले प्रदेशस्तरमा भाषाविद्हरूको सञ्जाल निर्माण गर्ने जानकारी दिनुभयो । ‘आयोगले प्रदेशस्तरमा भाषाविद्हरूको सञ्जाल निर्माण गर्दैछौं’, डा. अवस्थीले भन्नुभयो, ‘तसर्थ, यहाँहरूको महŒवपूर्ण सुझाव हाम्रा निम्ति ग्राÞय हुनेछ ।’ भावी सन्ततिलाई दिने उपहार भनेको भाषा भएको भन्दै डा. अवस्थीले भाषाको संसार गुम्नु भनेको ज्ञानको संसार गुम्नु भएको उल्लेख गर्नुभयो । ‘भाषा गुम्यो भने ज्ञान पनि गुम्छ’, डा. अवस्थीले भन्नुभयो, ‘संघीयताको मूल नै भाषा भएकाले भाषा बचाउनु जरुरी छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %