बागलुङ समाज सहकारीको रक्तदानमा ३० युनिट रगत संकलन

Read Time:1 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, जेठ २३ – बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

मंगलबार बिहान सिर्जनाचोकमा आयोजित रक्तदान कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठले पहिलो रक्तदाता पार्वती सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात गर्नुभएको थियो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम सहकारीका अध्यक्ष शान्ता गिरीको अध्यक्षता, उपाध्यक्ष सावित्री शर्माको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %