एनआरएनए एनसीसी कतारको पंजिकृत सदस्यता आवेदन खुल्ला

Read Time:3 Minute, 17 Second
नवराज बि.क
 
दोहा-कतार ५ जुन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको आठौं संसोधित विधान बमोजिम गत २६ मई २०१७ मा सम्पन्न भएको चौथो तथा अन्तिम राष्ट्रिय परिषद् बैठक आगामी कार्यकाल २०१७–२०१९ का लागि पंजिकृत  सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि आवेदन  खुल्ला गरिएकोले कतारमा कार्यरत सम्पूर्ण गैर आवासीय  नेपालीहरुलाई सदस्यता आवेदनको लागि आह्वान गर्दे अनलाईन सिस्टम आवेदनका लागि यो सूचना प्रकाशित गरिएको छ । 
तपशिलः 
१) आवेदन अनिवार्य http://qa.nrna.org/Registration  मा लिङक गरिएको फर्म मार्फत भर्नु पर्नेछ । यसरी  भरिएको आवेदन आइसीसीको IMS प्रणालिमा जाने भएकोले सहि  विवरण भर्नु पर्ने छ । 
२) आवेदन फर्म भर्दा इमेल ठेगाना अनिवार्य छ । सहजीकरणका लागि प्रयोगमा रहेको ईमेल आइडि उल्लेखित आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत लगायतका सबै जानकारीका लागि सोहि  इमेलमा प्राप्त हुनेछ ।
३) नविकरण गर्ने आवेदकले फोटो, पासपोर्ट, बैध कतारी  आईडिको प्रतिलिपि नत्थि गर्नु पर्ने छ ।
४) नयाँ आवेदकले अनिवार्य नत्थि गर्नु  पर्ने :- 
क. फोटो
ख. पासपोर्ट कपि
ग. कतार प्रवेश गरेको २ बर्ष पुरा भएको प्रमाणित कागजात 
घ. हाल वैध कतारि आईडिको प्रतिलिपि 
ङ. यदि आवेदन अस्विकृत हुने छ । 
५. आवेदकले अनलाईन आवेदन फर्म भरे पश्चात एनआरएनए एनसीसीका निम्न पदाधिकारीहरुलाई सदस्यता शुल्क कतारी रियाल ५५/- भुक्तानी गर्नु पर्ने छ ।   
क) प्रदेश नं. १ का आवेदकहरुले तेज कटुवाल ५५८६८२१४ र धिरज राई  ५५०९२९४१
ख)  प्रदेश  नं. २  का आवेदकहरुले : उत्तिम साह ३०२७६५१० र  खिम राना मगर ५५८७२७९५
ग) प्रदेश  नं. ३  का आवेदकहरुले : भेषराज पराजुली ७७७४६६३३, ५०४२१९१८ र प्रकाश परियार ५५२९८०३७
घ) प्रदेश  नं. ४ का आवेदकहरुले : प्रेम बि.क. ३१४११३०० र रेशम बस्नेत ३३८४०६४२
ङ) प्रदेश  नं. ५ का आवेदकहरुले : मुक्तदा मुसलमान ७४४४९५९२ र ठाकुर परियार  ३३१२८८२९
च) प्रदेश  नं. ६ र ७ का आवेदकहरुले : लिला जि.सी ३११४३६९१ र नरेस जैसी ७०६९१८४१
छ) फर्ममा उल्लेखित  विवरणहरु अनिवार्य  भर्नु  पर्नेछ । अन्यथा  फर्म  स्विकृत  हुने छैन ।  
ज) आवेदन मितिः १४ जुलाई २०१७ शुक्रवार राती ११ः५९ बजे सम्म खुल्ला रहने छ । उक्त अवधि भित्र शुल्क समेत भुक्तानी गरि सक्नु पर्ने एनआरएनए एनसीसीका महासचिव नन्द प्रसाद गर्बुजा मगरले जानकारी दिए ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %