शितलनगरमा मतदाता शिक्षा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 54 Second

गोविन्द घर्ती

जेठ १९ । रुपन्देहीको देवदह–७, शितलनगरमा मतदाता शिक्षा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोगको आयोजनामा उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा मत मदर नहोस भनेर आमनागरिकलाई मतदाता शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । मतदाता शिक्षालाई राजनैतिक दलहरुको कार्यकर्ता वीच भन्दा पनि आमनागरिक समक्ष पुर्याउनु पर्ने बताएका थिए । स्थानीय तहको निर्वाचनमा धेरै जनालाई मत हाल्नु पर्ने भएकोले पनि मतदाता शिक्षालाई गाउ/टोलमा गएर आमनागरिकलाई सिकाउनु पर्नेमा जोड दिएका थिए ।

मतदाता शिक्षालाई आमनागरिक समक्ष पुर्याउन राजनैतिक दलहरुले निर्वाचन आयोगलाई सहयोग गर्नु पर्ने बताएका थिए । देवदह नगरपालिका वडा नं ७ का वडा सचिव देवीलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह माध्यमिक विद्यालयका प्रार्चाय लिलाधर पाण्डे, वडा नागरिक मञ्चका धनबहादुर नेपाली, नेपाली काग्रेसका दिलाकुमारी काफ्ले, नेकपा एमालेका पदम थापा, माओवादी केन्द्रका अमृत फुलेल, त्रिलोचन दहाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । अम्विका कडेलको स्वागत र कमला अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %