राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल उपमहानगरपालीकामा मेयर र उपमेयरको उम्मेद्वारी घोषणा

Read Time:2 Minute, 27 Second

सानु थापा मगर

बुटवल, जेठ १९ । राष्ट्रिय जनमुक्ति पार्टीले आशन्न स्थानिय निर्वाचनका लागि बुटवल उपमहानगरपालीकामा मेयर र उपमेयरको उम्मेद्वारी घोषणा गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वारीको घोषणा गरेको हो ।

जनमुक्तिले समाजसेवी क्या.जनक थापालाई मेयरमा र महिला नेतृ धनी आलेलाई उपमेयरको रुपमा अघि सारेको छ । कार्यक्रममा बोल्दै मेयर र उपमेयर दुवैले सुन्दर र व्यवस्थित बुटवल शहरको परिकल्पना र योजना आफुहरुसंग रहेको भन्दै बुटवललाई हरेक क्षेत्रबाट समृद्धि र नमूना शहर बनाउनका लागि आफुहरुले उम्मेद्वारी दिएको बताए । सुकुम्बासी, फोहोर व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ लगायतका समस्यालाई व्यवस्थापन गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

सो अवसरमा पार्टीका केन्द्रिय नेता भिम बहादुर रानाले पार्टीले भ्रष्टाचार मुक्त प्रशासनको कल्पना गरेको बताउँदै भ्रष्टाचार मूक्त बुटवल नगरका लागि आफ्ना उम्मेद्वालाई जिताउन आग्रह गर्नु भयो । जनमुक्ति पार्टीले बहुआयामिक पर्यटन, उर्जाक्रान्ति, वेरोजगारलाई स्वरोजगार स्वरोेजगारलाई पुरस्कार, विद्युतीय यातायात, शिक्षामा सबैको पहुच, स्थानियलाई अग्राधिकार, जनतालाई राहात कार्ड, वालवालिका स्याहार केन्द्र, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय जस्ता कार्यलाई अगाडी बढाईने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रम पार्टीका बुटवल नगर अध्यक्ष गोपाल चोहानको अध्यक्षता, बसन्ती साठीघरेको स्वागत तथा सचिव थर्क बाह्रघरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %