केरवानी स्वास्थ्य चौकी देवदहले विष्णुकुमारी थापा लाई सम्मान

Read Time:2 Minute, 54 Second

गोविन्द घर्ती

Image may contain: 6 people, people sitting

जेठ १४ । केरवानी स्वास्थ्य चौकी देवदहले महिला स्वास्थ्य स्वयमसेवीकालाई सम्मान गरेको छ ।

केरवानी स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयमसेवीका विष्णुकुमारी थापा नेपाल सरकारको जनसेवा श्री पुरस्कारबाट विभूषित हुनु भएकोमा स्वास्थ्य चौकीले सम्मान गरेको हो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत एवं केरवानी स्वास्थ्य चौकीका अध्यक्ष श्रीकृष्ण नेपालको अध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारको प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रमा महिला स्वस्थ्य स्वयम सेवीको महत्वपूर्ण योग्दान रहेकोमा जोड दिएका थिए । उनीहरुले ग्रामिण क्षेत्रको स्वास्थ्य सुधार गर्न महिला स्वास्थ्य स्वयमसेवीकाहरुको अह्म भूमिका रहेको बताउदै स्वास्थ्य स्वयमसेवीकालाई राज्यले थप सेवा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

Image may contain: 9 people, people standing

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका कृष्ण पोखरेल, सम्मानित विष्णुकुमारी थापा, शहरी स्वास्थ्य केन्द्रका उपाध्यक्ष लिलावल्लभ भट्टराई, देवदह स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य वालकुमार श्रेष्ठ, देवदह स्वास्थ्य चौकीका ईन्चार्ज रेमबहादुर दिसा, केरवानी स्वास्थ्य चौकीका ईन्चार्ज अरविन्द्र आर्चाय, केरावनी स्वास्थ्य चौकीका पुर्व ईन्चार्ज ईश्वरीप्रसाद ढुंगाना महिला स्वास्थ्य स्वयमसेवीका राधा गिरी, भगवती आर्चाय लगायतले बोल्दै महिला स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका थिए । सोही अवसरमा विष्णुकुमारी थापालाई देवदह स्वास्थ्य चौकीले समेत सम्मान गरेको थियो । डिलेश्वर श्रेष्ठको स्वागत र बुद्धिप्रसाद ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %