वरिष्ठ छायाँकार श्रीसलाई मातृशोक

Read Time:1 Minute, 25 Second

रूद्र श्रीसमगर

Image may contain: 1 person, standing and close-up

पोखरा,  जेठ ११ – पोखराका वरिष्ठ छायाँकार एवं श्रीस साउण्ड एण्ड भिजनका सञ्चालक दानबहादुर श्रीसलाई मातृशोक परेको छ । श्रीसकी ७८ वर्षीया आमा मनकुमारी श्रीसको अर्बुदरोगका कारण मंगलबार साँझ ७ः४५ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५, नयाँगाउँस्थित आफ्नै निवासमा निधन भएको हो ।

बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीमा जन्मिनुभएकी स्व. श्रीसको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथर, दर्मनिवासी समाजसेवी ह.क्या. चन्द्रबहादुर श्रीससँग विवाह भएको थियो । समाजसेवी ह.क्या. श्रीसको पनि यसअघि नै निधन भइसकेको छ । स्व. श्रीसका दुई छोरा दानबहादुर र प्रेमबहादुर तथा छोरी छममाया रहनुभएको छ भने तीन नातिनीहरू रमिला, रिना र रुशा तथा एक नाति रिजन रहेका छन् ।

स्व. श्रीसको बुधबार बिहान शवयात्रासहित पोखराको रामघाटमा मगर परम्परा अनुसार अन्त्येष्टि गरियो । शवयात्रामा करिब डेढ सयजनाभन्दा बढी उपस्थित थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %