रुपन्देहीको सेमहरानामा योजना तर्जुमा सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 12 Second

गोविन्द घर्ती

Image may contain: 20 people, people sitting and crowd

जेठ १३ । रुपन्देहीको देवदह–३, सेमहरानामा योजना तर्जुमा सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आदिवासी जनजाति समन्वय समिति रुपन्देहीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ देवदहको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राज्यले हरेक बर्ष आदिवासी जनजातिहरुको शसक्तिकरणको लागि बजेट विनियोजन गरेपनि बार्षिक कार्ययोजना र योजना तर्जुमा वारे जानकारी नभएका कारण सो अभिमुखिकरण कार्यक्रम गरिएको हो । बार्षिक योजना तर्जुमा कसरी गर्ने र कसरी सम्पन्न गर्ने भन्ने विषयमा आदिवासी जनजातिहरुलाई सचेतना जगाउन आवश्यक रहेकोले उक्त कार्यक्रमको आयोजना गरेको आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चाले बताउनु भयो ।

खाम्चाका अनुसार योजना तर्जुमा अभिमुखीकरण कार्यक्रम रुपन्देही जिल्लाको चिलिया, सालझण्डी, हात्तीफर्साटिकर, देवदह र सिक्टहन गरी ५ स्थानमा संचालन गर्ने बताउनु भयो । विभिन्न एकल जातीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा श्रेष्ठले गर्नु भएको थियो । आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चाको अध्यक्षता, राधिका रोकाको संचालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष बमबहादुर गुरुङ्ग, नेपाल मगर संघका कार्यवहाक शोभा थापा लगायतले सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %