गोविन्द घर्ती
जेठ १३ । रुपन्देहीको देवदहमा दोश्रो युगीन राष्ट्रिय मुक्तक वाचन–२०७४ सम्पन्न भएको छ ।
युगीन साहित्य समाज नेपालको आयोजनामा उक्त मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको हो । युगीन साहित्य समाज नेपालका अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षता र मुक्तक मञ्च नेपालका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय मुक्तककारहरुले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा मुक्तककार रुद्र ज्ञवाली, लुम्विनी वाङमय प्रतिष्ठानका अध्यक्ष भिमलाल ज्ञवाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा रामकाजी कोने, मिर्मिसा पराजुली, प्रतिक्षा पोखरेल, जयकिशन अधिकारी, डा. मुरारी पराजुली, स्वपनिल लगायतले मुक्तक वाचन गर्नु भएको थियो । निर्मल ढुंगानाको स्वागत, विष्णु पोखरेल, शुसिल सापकोटाको संचालन र तीर्थ भण्डारीका धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।