युवा संघ नेपाल रुपन्देहीले अनाथ वालवालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री प्रदान गर्यो

Read Time:1 Minute, 43 Second

गोविन्द घर्ती

Image may contain: 17 people, people standing

जेठ १३ । युवा संघ नेपाल क्षेत्र नं १, रुपन्देहीले अनाथ वालवालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

रुपन्देहीको देवदह–८, वंगालीमा रहेको मायादेवी अनाथ असहाय वालवालिका संरक्षण केन्द्रमा रहेका ७ जना वालवालिकालाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको हो । युवा संघ नेपालले सामाजिक दायित्व अन्र्तगत वालवालिकालाई लत्ताकपडा, खाद्यान्न, चिउरा, चामल, तरकारी लगायतका सामाग्री केन्द्रका अध्यक्ष सञ्जिप प्यासी र अम्विका प्यासीलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेको हो ।

युवा संघ नेपालका क्षेत्रीय अध्यक्ष धुव्र खरेलको अध्यक्षता र नेकपा एमालेका प्रदेश सदस्य डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सदस्य प्रकाश अर्याल, क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, कृष्णराज पौडेल, पदम थापा, ईश्वर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । युवा संघ नेपालका जिल्ला सदस्य विकास गहतराजको स्वागत र दिपेश मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %