रूद्र श्रीसमगर

पोखरा, जेठ ११ – एक कार्यक्रममा बोल्ने वक्ताहरूले मगर युवाहरूलाई जागरुक बन्न आग्रह गरेका छन् । नेपाल मगर युवा संघ रामबजार एकाइ समिति, कास्कीद्वारा प्रकाशित २०७४ सालको भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।
भित्तेपात्रो विमोचन गर्दै नेपाल मगर संघ रामबजार एकाइ समितिका अध्यक्ष डब्लुओटु ढालबहादुर सारूमगरले अहिले युगमा मगर युवाहरू जागरुक बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अन्य समुदायका युवाहरूजस्तै मगर युवाहरू पनि जागरुक अनि रचनात्मक बन्न जरुरी छ’, सारूले भन्नुभयो, ‘रचनात्मक र जागरुक बन्न सके मात्र समाज अनि देश समृद्ध बनाउन सकिन्छ ।’ मगर युवाहरूले समयानुकूल आफ्नो बानी र व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै सारूले भित्तेपात्रो प्रकाशन गरेर सिर्जनात्मक कार्यको थालनी गरेकोमा बधाई समेत दिनुभयो ।
नेपाल मगर महिला संघ रामबजार एकाइ समितिकी अध्यक्ष दानकुमारी थापामगरले मगर युवाहरूले सक्रियता देखाए मात्र समाज परिवर्तन हुन सक्ने बताउनुभयो । ‘समाज परिवर्तनका लागि मगर युवाहरू जाग्नु आवश्यक छ’, थापाले भन्नुभयो, ‘मगर जातिको भाषा, धर्म र संस्कृति जोगाउन युवाहरूले अग्रसरता देखाउनु अति जरुरी छ ।’
नेपाल मगर युवा संघ रामबजार एकाइ समितिका अध्यक्ष राजु थापामगरको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालन सचिव तृष्णा थापामगर र उपाध्यक्ष गोविन्द थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, सञ्चारकर्मी एसिका थापामगर, नेपाल मगर संघ रामबजार एकाइ उपाध्यक्ष क्या. थमनसिंह थापामगर, नेपाल मगर युवा संघ रामबजार एकाइ कोषाध्यक्ष सुमिना थापामगरलगायतको उपस्थिति थियो ।
