रूद्र श्रीसमगर
पोखरा, जेठ ११ – लोक तथा दोहोरी गायक नवीन रानाले नयाँ गीत बजारमा ल्याएका छन् । एउटा वृद्ध बाबुले परदेशी छोरालाई सम्झिएर गाएको गीतका रूपमा ‘वनैको काफल’ नामक एकल गीत सार्वजनिक गरेका हुन् । गीत युट्युबमार्फत् सार्वजनिक भएको दुई दिनमै पाँच हजारभन्दा बढी दर्शकले हेरेका छन् ।
बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीमा छायाड्ढन गरिएको गीतको म्यूजिक भिडियोमा ८६ वर्षीय उजिर पुनले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको गीतको शब्द भीमसेन कँडेलले लेखेका हुन् भने संगीतकार श्रीकृष्ण बम मल्ले संगीत दिएका छन् ।
वरिष्ठ छायाँकार दानबहादुर श्रीसले खिचेको म्यूजिक भिडियोलाई गोविन्द पुनले निर्देशन गरेका हुन् । सम्पादन दानबहादुर श्रीस र मिलन गुरुङले कलरिङ गरेका हुन् ।
{youtube}https://youtu.be/mAXs3P0h2KQ{/youtube}